मंगलबार , जेठ २६, २०८३

भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किएका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारत गएका मन्त्री खनालसहितको प्रतिनिधिमण्डल आइतबार साँझ काठमाडौं आइपुगेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले भ्रमणलाई “उपलब्धिमूलक” भन्दै नेपाल–भारत सम्बन्धलाई अझ व्यवहारिक, प्रविधिमैत्री र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण प्रगति भएको बताएका छन्।

उनका अनुसार सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारीअनुसार सीमापार व्यक्ति–देखि–व्यक्ति डिजिटल भुक्तानी प्रणाली अब पूर्ण रूपमा सञ्चालनमा आएको छ। यसले नेपाल–भारतबीचको डिजिटल कारोबारलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, २०७२ सालको भूकम्पपछि भारत सरकारको सहयोगमा निर्माण भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको पनि उनले जानकारी दिए।

प्रविधि क्षेत्रमा पनि महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै उनले काठमाडौं विश्वविद्यालयको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्म विकासका लागि सम्झौता भएको बताए। उक्त सहकार्यले कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको विकासमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय सम्बन्ध, व्यापार, पूर्वाधार, कूटनीति र सीमासम्बन्धी विषयमा विस्तृत छलफल भएको मन्त्री खनालले बताए। सीमा विवादलाई पनि दुवै देशका विद्यमान संयन्त्रमार्फत कूटनीतिक ढंगले समाधान गर्ने विषयमा सकारात्मक छलफल भएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य सांगीतिक उत्सव: सबिन राईदेखि Kids Fashion Show सम्म रंगिन कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान


TOP