सोमबार , अषोज २६, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले तीन मन्त्रीहरू हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा प्रधानमन्त्री शाहले मन्त्री फेरबदलको तयारीमा लागेको स्रोतले जनाएको छ ।

बालेन क्याबिनेटमा हाल रहेका १४ जना मन्त्रीमध्ये स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवलाई मन्त्रीबाट हटाएर नँया मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्री शाहको योजना छ । मेहता र चौधरी चैत १३ मै मन्त्री बनेका थिए भने गौरीले चैत २७ मा मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।

‘प्रधानमन्त्रीले सय बुँदे कार्यसूचीलाई आधार बनाएर कार्यसम्पादन मूल्यांकन गरिरहेका छन् । त्यसमा तीन जना मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएको प्रधानमन्त्रीको ठहर छ । स्रोतका अनुसार आर्थिक वर्षकोे बजेट पारीत भएपछि मन्त्री फेरबदल गरिनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १७ वटा मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल ट्रस्ट, लगानी बोर्ड, सतर्कता केन्द्र, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, तथ्यांक विभाग लगायत निकायको क्रियाकलापहरूको अनुगमन गरी मूल्यांकन गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP