सोमबार , अषोज २६, २०८३

काठमाडौं, स्वयम्भू । थाइल्याण्डमा सम्पन्न SAFF Futsal Championship 2026 मा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा उँचो बनाएका नेपाल राष्ट्रिय पुरुष फुटसल टोलीका खेलाडीहरूलाई सम्मानस्वरूप आयोजित “Cash Prize Distribution Ceremony–2083” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

स्वयम्भू, काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ को विशेष उपस्थितिमा खेलाडीहरूलाई नगद पुरस्कार, पदक तथा सम्मान प्रदान गरिएको थियो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फुटसलको पहिचान स्थापित गर्न योगदान पुर्‍याएका खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

SAFF Futsal Championship 2026 मा नेपाली टोलीले प्रदर्शन गरेको उल्लेखनीय खेलको कदर गर्दै खेलाडीहरूलाई “Token of Love” सहित विशेष सम्मान गरिएको थियो। कार्यक्रममा खेलाडी, प्रशिक्षक, खेलप्रेमी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणको प्रशंसा गर्दै आगामी दिनमा नेपाली फुटसलले अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे। उनले खेलकुद विकासका लागि समुदाय, संघसंस्था तथा समर्थकहरूको निरन्तर साथ र सहयोग आवश्यक रहेको बताए।

कार्यक्रम सफल बनाउन विभिन्न सहयोगी दाताहरूले आर्थिक सहयोग प्रदान गरेका थिए। सहयोग गर्नेहरूमा लाल बहादुर गुरुङ, प्रेम मान गुरुङ, प्रेम गुरुङ, प्रेम शाक्य, अदीप गुरुङ, टाईगर गुरुङ, बाबु गुरुङ, राम बस्नेत, सुमन प्रधान, कुन्साङ तामाङ, सुजन श्रेष्ठ तथा असिम बिष्ट लगायत रहेका छन्।

आयोजकका अनुसार यस्ता सम्मान कार्यक्रमले खेलाडीहरूको आत्मविश्वास र मनोबल अभिवृद्धि गर्नुका साथै युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेपाली फुटसलको विकास र अन्तर्राष्ट्रिय सफलताका लागि यस प्रकारको प्रोत्साहन आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP