सोमबार , जेठ १८, २०८३

डार्विन, अष्ट्रेलिया — आगामी जुन १३ मा आयोजना हुन गइरहेको नेपाल महोत्सव २०२६ को तयारीलाई थप प्रभावकारी र समावेशी बनाउने उद्देश्यले गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्दन टेरिटोरीद्वारा आयोजित सामुदायिक परामर्श (Community Consultation) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

जिङ्गली वाटर गार्डेन्समा आयोजित कार्यक्रममा समुदायका सदस्य, स्वयंसेवक, प्रायोजक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल महोत्सव २०२६ को तयारी, कार्यक्रमको स्वरूप, समुदायको सहभागिता तथा विभिन्न व्यवस्थापन पक्षबारे विस्तृत जानकारी गराइएको थियो।

कार्यक्रममा एनआरएनए एनटीका अध्यक्ष त्रिलोचन सापकोटाले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै नेपाल महोत्सवको उद्देश्य, तयारी तथा आगामी योजनाबारे जानकारी गराएका थिए। साथै, सामुदायिक परामर्शका क्रममा सहभागीहरूबाट उठाइएका विभिन्न जिज्ञासा, सुझाव तथा प्रश्नहरूको जवाफ पनि दिएका थिए।

त्यसैगरी, एनआरएनए एनटीका पूर्व अध्यक्ष विष्णु चापागाईंले आफ्नो धारणा राख्दै नेपाल महोत्सव समुदायलाई एकताबद्ध बनाउने महत्वपूर्ण अवसर भएको बताए। उनले समुदायको सक्रिय सहभागिताले महोत्सवलाई अझ सफल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा Nepalese Association of Northern Territory (NANT) का अध्यक्ष प्रतिभा देवकोटाले पनि आफ्नो मन्तव्य राख्दै नेपाल महोत्सवलाई सफल बनाउन सबै संघ–संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमको सञ्चालन एनआरएनए एनटीका सचिव प्रियसा  नेपालले गरेकि थियिन । उनले कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै सहभागीहरूलाई आफ्नो विचार र सुझाव राख्न अवसर प्रदान गरेका थिए। परामर्श कार्यक्रममा सहभागीहरूले नेपाल महोत्सवलाई अझ भव्य, समावेशी र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका थिए। आयोजकले प्राप्त सुझावहरूलाई आगामी तयारीमा समेट्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमपछि सहभागीहरूबीच आपसी भेटघाट, परिचय तथा अनौपचारिक छलफलको अवसरसमेत सिर्जना गरिएको थियो। साथै, उपस्थित सबैका लागि BBQ को  व्यवस्था गरिएको थियो।
समुदायको उत्साहजनक सहभागिता र सकारात्मक सुझावका साथ सम्पन्न भएको उक्त कार्यक्रमले आगामी नेपाल महोत्सव २०२६ लाई सफल बनाउन महत्वपूर्ण आधार तयार गरेको आयोजकले जनाएको छ। जुन १३ मा डार्विन वाटरफ्रन्टमा आयोजना हुने महोत्सवले नेपाली कला, संस्कृति, परम्परा तथा पहिचानलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमाझ थप सशक्त रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम


TOP