शुक्रबार , भाद्र १२, २०८३
सकारात्मक सोच र सृजनशिलताको पर्याय बनेको डार्विन ब्वाईज जुझारु युबाहरुको पावर हाउस हो। परम्परागत पुरानै ठर्रामा रमाउने होइन आफुभित्र भएको सृजनशीलतालाई फरक तरिकाले समाजलाई गतिशील बनाउनुपर्छ भन्ने मुल ध्येय बोकेको डार्विन व्बाजले कुनै न कुनै रुपमा प्रस्तुत भइरहेको हुन्छ। डार्विनमा बसोबास गर्दै आउनु भएका सबै उमेर समुहका साथीहरुको हातेमालोले बनेको एउटा परिवार हो डार्विन ब्वाईज। डार्बिनमा सधै अग्रपंक्तिमा आऊने केही न केही सिर्जनशील काम गरेर देखाउने युबाहरु लाई Darwin boysको नामले चिनिन्छ।
डार्विन ब्वाईजमा आबद्ध हरेक मेम्बरको महत्व बराबर हुने भएकोले र कुनै पनि तामझामको सस्कृति बाट टाढा रहेर सबैको अपनत्व हुने गरि सकारात्मक सोच द्वारा समाजमा केहि न केहि  कार्य गर्न सकिने कुराको ज्वलन्त उदाहरण हो।
हरेक संस्थामा कहिनकहिँ राजनीतिक गन्ध आउने गरेको र यस्तो प्रवृतिले गर्दा साथी भाइ  तथा सामाजिक रुपमा बेमेल र गलतफेमि हुने हुनाले पनि डार्विन ब्वाईज कुनै राजनीतिक विचार भन्दा पनि नितान्त सामाजिक र सृजनशिल कार्य गर्न र साथी भाइ बीच रमाइलो र सुमधुर सम्बन्ध कायम राख्न अग्रसर रहेको डार्विन ब्वाईज भाजुमान लामाले जानकारी दिनु भयो।
पछिल्लो समय डार्विन ब्वाईजले एक क्यान्सर पिडित महिलालाई केहि रकम संकलन गरि राहत स्वरुप प्रदान गरेको छ। हाल मेलबन निवासी रिता महासेठ जो क्यान्सर रोगबाट ग्रसित हुनुहुन्छ, वहाको स्वास्थ्य लाभको कामना गर्दै डार्विन ब्वाईज परिवार र शुवेछुकले उपचारार्थ ११०० अस्ट्रेलियन डलर सहयोग गरेको हो।
पहिला ४-५ बर्ष डार्विनमै बसोबास गर्दै आउनु भएका महासेठ परिवार केहि समय पछि मेलबन बसाइ सर्नु भएको थियो। लामो समय देखि क्यान्सर रोगबाट ग्रसित रिता महासेठलाइ केहि सहयोग होस् भन्ने उदेश्यले सबै साथी-भाइ बाट रकम संकलन गरि NRNA -NT का कोडीनेटर हेम पुन लाइ रकम हस्तान्तरण गरिएको थियो।
डार्विन ब्वाईजको यो कामको उच्च मुल्यांकन गर्दै आउदा दिनमा अझ सामाजिक कार्यमा अग्रसर होस् भन्ने शुभकामना संगै, यो कामको लागि सहजीकरण गर्ने हरि खड्का जीलाई पनि धेरै-धेरै धन्यबाद सहित प्राप्त रकम महासेठको खातामा जम्मा गरिएको जनकारी NRNA -NT का कोडीनेटर हेम पुनले गराउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP