शुक्रबार , जेठ १५, २०८३

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायल र इरानबीच जारी तनाव अन्त्य गर्ने समझदारी पत्र लगभग अन्तिम चरणमा पुगेको बताएका छन्। मध्यपूर्वका विभिन्न देशका नेताहरूसँग टेलिफोन संवाद गरेपछि ट्रम्पले सम्झौताका अन्तिम विवरणमाथि छलफल भइरहेको र छिट्टै औपचारिक घोषणा हुने बताएका हुन्।

ट्रम्पका अनुसार प्रस्तावित सम्झौतामा विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज स्ट्रेट खोल्ने विषय पनि समावेश गरिएको छ। उनले कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेतासँग कुराकानी गरेका थिए भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि छुट्टै संवाद गरेका थिए।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका–इरान वार्तालाई सहज बनाउन आफ्नो देश तयार रहेको बताएका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि वार्ताको प्रगतिप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

यद्यपि, सम्भावित सम्झौताका सर्तबारे अमेरिका र इरानका अधिकारीहरूको धारणा भने फरक देखिएको छ। अमेरिकी पक्षले इरानले उच्च संवर्धित युरेनियम त्याग्ने प्रतिबद्धता जनाएको दाबी गरेको छ भने इरानी अधिकारीहरूले आणविक कार्यक्रमबारे विस्तृत छलफल आगामी चरणमा हुने बताएका छन्।

इरानी पक्षले सम्झौताले लेबनानसहित विभिन्न मोर्चामा युद्ध रोक्ने, होर्मुज स्ट्रेट निःशुल्क खोल्ने, अमेरिकी नाकाबन्दी हटाउने र विदेशमा रोक्का रहेको २५ अर्ब डलर बराबरको सम्पत्ति फुकुवा गर्ने दाबी गरेको छ।

सम्झौताको पूर्ण विवरण सार्वजनिक नहुँदै अमेरिकाभित्रै यसको विरोध सुरु भएको छ। रिपब्लिकन सिनेटर टेड क्रुजले सम्भावित सम्झौताले इरानलाई आणविक क्षमता विस्तार गर्ने अवसर दिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी


TOP