सोमबार , अषोज २६, २०८३

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि गरेको वाचापत्रअनुसार नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आज आयोजना गरेको कान्तिपुर ‘इकोनमिक समिट’लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्रीले सुशासनलाई पहिलो कार्यसूचीमा राखिएको तथा आर्थिक उन्नयनलाई पनि उत्तिकै महत्त्वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । जनतालाई सुशासनको लाभांश दिने प्रयासमा सरकार रहेको उनको भनाइ छ ।

मन्त्री वाग्लेले आगामी बजेट ‘इ–गभर्नेन्स, डिजिटल डेलिभरी’ र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुने जानकारी दिँदै डिजिटलमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए ।

सूचना तथा प्रविधि क्षेत्रसँग सम्बन्धित सबै काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुने जानकारी दिँदै उनले आयातमा आधारित अर्थतन्त्रको पुनर्संरचना गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP