सोमबार , अषोज २६, २०८३

नर्दन टेरोट्री राज्यमा बसोबास गर्ने विभिन्न देशको कला र संस्कृतिलाइ हरेक समुदायमा चिनाउने उदेश्यले स्थापना गरिएको कार्यक्रम हो The Harmony Soiree। २० भन्दा बढी समुदायको सहभागिता रहेको उक्त कार्यक्रममा आ-आफ्नो देशको परिचय दिने मौलिक खानाको स्टल, सास्कृतिक झाकी सहितको पदयात्रा, मौलिक पहिचान सहितको स्टल राखी प्रदर्शन गर्ने गरिन्छ।  

अस्ट्रेलियाको नर्दन टेरोट्री राज्य सरकारको आयोजना,डार्विन वाटर फ्रन्ट Corporationको सहयोग संगै  Darwin community Arts and Multicultural council of NT को बिशेष पहलले  २०१० देखि वाटर फ्रन्ट परिसरमा यहाँ बसोबास गर्ने सबै देश बीचको सम्बन्धमा सद्भाव र पहिचानको लागि Harmony Soiree नाम दिई यो कार्यक्रम हरेक बर्ष मे को पहिलो दिन (MAY 1st) मा आयोजना गर्ने गरिन्छ। नेपाली समुदाय पनि पहिले देखिनै उक्त कार्यक्रमको हिस्सा बन्दै आइरहे पनि २०१३ बाट वाटर फ्रन्टमा NANT  टिमले स्टल राखेर नेपाली संस्कृति पहिचानको लागि उक्त कार्यक्रममा सहभागिता जनाएको थियो। जुन कार्य आज १० औ बर्ष सम्म आइपुग्दा पनि चलि रहेको छ।

 

डार्विनमा बसोबास गर्ने नेपाली समुदाय, Nepalese Association of NT, NRNA-NT लगाएत नेपाललाइ माया गर्नेहरु को सहकार्यमा २०२१ मे को पहिलो दिन पनि समृद्ध नेपाल र विविध बहुसांस्कृतिक झाकी सहितको स्टल राखी यो कार्यक्रममा सहभागि भइ सहयोग गरेका थिय।  आहिलेको कार्यक्रममा नेपाली संस्कृति झल्किने भेषभुसा सहित ढिकी, नेपाली मौलिक भान्छा घरमा प्रयोग हुने समानहरु, हस्तकला सम्बन्धि समानको पहिचान सहित स्टलमा राखिएको थियो। नेपाली समुदायका संरक्षक जित बहादुर महर्जनले  ढिकी बनाएर सहयोग  गर्नु  भएको थियो जुन NANT ले राखेको स्टलमा आकर्षणको केन्द्र बिन्दु थियो।  सरिता, बिपना, क्रिसा र प्राप्तिको नृत्यले सबैको मन जित्न सफल भएको थियो।  नेपाली स्वादको सम्पूर्ण भार धानेको थियो दि बार एंड रेस्टुरेन्टले। जसले नेपाली परिकारले सबैको भोक मेट्ने काम गरेको थियो।   

अघिल्लो बर्ष कोरोनाको कारणले द हार्मोनी सोइरि हुन सकेको थिएन, तेसैले आहिले २०२१ मा यो कार्यक्रम आयोजना भएको  १० औ बर्ष पुरा भएको छ।

NANT अध्यक्ष युवराज पन्त भन्नु हुन्छ हार्मोनी सोइरॆले गर्दा हरेक समुदायले नया सस्कृतिको बारेमा जानकारी लिन पाउने  र नेपाललाइ पनि विश्व समुदाय माझ चिनाउन पाउदा आफुलाई निकै गर्व लाग्ने गरेको छ। 

हाम्रो मौलिक भेषभूसानै निकै फरक भएकोले गर्दा पनि यहा आउने हरेक बिदेशी साथीहरु मोहित हुने गरेको र नेपाल एक पटक घुम्न जानै पर्ने  पर्यटकीय गन्तब्य स्थल भएको जानकारी कार्यक्रममा उपस्थित हुने हरेक नेपालीले गरेका थिय।  

कार्यक्रम उल्लेखनीय उपस्थिति सहित भब्य रुपमा सम्पन भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP