शनिबार , असार १३, २०८३

डार्विन, अष्ट्रेलिया — उत्तरी क्षेत्र (NT) स्वास्थ्य विभागले डार्विन तथा ग्रेटर डार्विन क्षेत्रमा लामखुट्टेमा “मरे भ्याली इन्सेफ्लाइटिस” (MVE) भाइरस फेला परेको पुष्टि गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यो रोग लामखुट्टेको टोकाइबाट सर्ने दुर्लभ तर अत्यन्त खतरनाक रोग मानिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यसले मस्तिष्कमा गम्भीर असर पार्न सक्ने भएकाले समयमै सावधानी अपनाउन आवश्यक रहेको बताएका छन्।
स्वास्थ्य विभागका अनुसार संक्रमित लामखुट्टेको टोकाइपछि ५ देखि २८ दिनभित्र लक्षण देखिन सक्छ। रोगका लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, वान्ता, शरीर दुख्ने, अत्यधिक निद्रा लाग्ने, अलमल हुने तथा गम्भीर अवस्थामा दौरा समेत पर्न सक्ने जनाइएको छ।
डार्विन आसपासका लेनियर र मिकेट दलदल क्षेत्रमा लामखुट्टेको संख्या नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिएको पनि स्वास्थ्य विभागले जनाएको छ।

NT Health ले सर्वसाधारणलाई:
लामखुट्टे भगाउने औषधि (repellent) प्रयोग गर्न,
लामो बाहुला भएका कपडा लगाउन,
साँझ र बिहानको समयमा बाहिर कम निस्किन,
घर तथा बसोबास क्षेत्रलाई लामखुट्टेमुक्त राख्न आग्रह गरेको छ।
यसअघि पनि उत्तरी क्षेत्रमा MVE का कारण गम्भीर बिरामी र मृत्युका घटना देखिएका थिए। त्यसैले स्वास्थ्य अधिकारीहरूले सबैलाई सतर्क रहन र कुनै लक्षण देखिए तुरुन्त स्वास्थ्य जाँच गराउन अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP