मंगलबार , बैसाख २९, २०८३

सिड्नी । विश्वभर फैलिएका नेपाली उद्यमी, पेशेवर र नवप्रवर्तकहरूलाई एउटै मञ्चमा जोड्दै सञ्जाल विस्तार, ज्ञान आदान–प्रदान र लगानी सम्भावनाबारे ठोस छलफल गर्ने उद्देश्यसहित एनआरएनए अष्ट्रेलियाले National Entrepreneur Conference 2026 आगामी ९ मे २०२६ मा Hyatt Regency Sydney मा आयोजना गर्ने भएको छ। बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुने सम्मेलनको मूल नाराः Connect – Inspire – Grow राखिएको छ।

सम्मेलनमा नेपाल र अष्ट्रेलियाका प्रतिष्ठित व्यक्तित्वहरू वक्ताका रूपमा सहभागी हुनेछन्। नेपालका प्रख्यात बैंकर तथा उद्यम नेतृत्वकर्ता Anil Keshary Shah प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्। हाल Lead Nepal Inc. का चेयरपर्सन रहेका उनी यसअघि Nabil Bank र Mega Bank Nepal का प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका छन् । शाहले “From Remittance to Investment: Unlocking Diaspora Capital for Economic Growth” शीर्षकमा रेमिटेन्सलाई उत्पादक लगानीमा रूपान्तरण गर्ने विषयमा धारणा राख्नेछन्।

त्यसैगरी, अष्ट्रेलियाकी प्रतिष्ठित सञ्चार विज्ञ तथा ब्रडकास्टर Olympia Kwitowski ले “No One Will Tell Your Story Better Than You” शीर्षकमा सत्र सञ्चालन गर्नेछिन्। उहाँले व्यक्तिगत ब्रान्ड निर्माण, सशक्त प्रस्तुति र आफ्नै कथा प्रभावकारी ढंगले प्रस्तुत गर्ने सीपबारे प्रशिक्षण दिनेछिन्।

जोखिम व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ Enrico Pecora ले उद्यमी, परियोजना प्रमुख र व्यवसायीहरूलाई स्मार्ट रिस्क म्यानेजमेन्ट मार्फत व्यवसायिक नोक्सानी कसरी घटाउने र प्रतिस्पर्धात्मक लाभ कसरी बढाउने भन्ने विषयमा व्यवहारिक ज्ञान दिनेछन्। व्यवसायिक विवाद वा परियोजना जोखिमका कारण क्षति बेहोरेका व्यक्तिहरूका लागि उहाँको सत्र विशेष उपयोगी हुने आयोजकले बताएका छन्।

कार्यक्रम अवधिभर किबोर्ड प्रस्तुति, प्यानल छलफल, अन्तरक्रियात्मक सत्र तथा नेटवर्किङका अवसरहरू प्रदान गरिनेछन्।
एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष निजन चौलागाईंले यस पटकको National Entrepreneur Conference 2026’ बिशेष रहने बताए । उनले अगाडि थपे – यस्ता सम्मेलनहरूले नेपाली उद्यमी र पेशेवर समुदायलाई जोड्ने, सिक्ने र सहकार्य बढाउने प्रभावकारी प्लेटफर्म प्रदान गर्ने लक्ष्य लिएको छ ।

क्याटरिङ र सिट व्यवस्थापनका कारण सम्मेलनमा सहभागी हुन अग्रिम दर्ता अनिवार्य गरिएको आयोजकले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP