सोमबार , अषोज २६, २०८३

डार्विन — ANZAC Day को अवसरमा अष्ट्रेलियाको उत्तरी सहर Darwin मा आज बिहानैदेखि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। शहरस्थित सेनोटाफमा आयोजित डन सर्भिसमा हजारौँ स्थानीयवासी, भूतपूर्व सैनिक तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले युद्ध तथा शान्ति स्थापना अभियानमा ज्यान गुमाएका सैनिकहरूको सम्झनामा मौनधारण गर्दै पुष्पगुच्छा अर्पण गरेका थिए। वक्ताहरूले ANZAC आत्मा, बलिदान र सेवाको महत्वलाई स्मरण गर्दै नयाँ पुस्तालाई इतिहासप्रति सचेत रहन आग्रह गरेका थिए।

बिहानैदेखि सुरु भएको कार्यक्रममा परिवारसहित सहभागी भएका नागरिकहरूले आफ्ना पूर्वजहरूको पदक लगाएर सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी भूतपूर्व सैनिकहरूले आफ्नो अनुभव साटासाट गर्दै भावुक बनेका थिए।

डन सर्भिसपछि शहरमा परम्परागत मार्च पास समेत आयोजना गरिएको थियो, जसमा सुरक्षाकर्मी, भूतपूर्व सैनिक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

यसैबीच, उत्तरी क्षेत्रमा रहेका अन्य स्थानहरूमा पनि ANZAC Day विभिन्न कार्यक्रमसहित मनाइएको छ, जसले यस दिवसप्रतिको सम्मान र महत्व अझ प्रष्ट पारेको छ।

Lest we forget. 🌺
Pic : Social Media/ Demon

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP