शनिबार , भाद्र १३, २०८३

अल्पमतमा पर्दैपर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो । तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । त्यसयताका १२ घण्टामा लुम्बिनीको राजनीतिमा थुप्रै उतार चढाव आए र विवादकै विवादमा पोखरेल पुनः मुख्यमन्त्री बनेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान राजीनामा दिएका थिए । लगतै प्रदेशसभाको विशेष अधिवेशन अन्त्यको सिफारिस मात्र गरेनन्, एमाले संसदीय दलको नेताको हैसियतमा आफ्नो नेतृत्वमा एकल बहुमतको सरकार गठनको दाबी पेश गरे ।

८७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित दुई र जनता समाजवादी पार्टीका चार प्रदेशसभा सदस्य पदमुक्त भएका थिए र हाल ८१ सदस्य बहाल छन् । पोखरेलले ४१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित संविधानको धारा १६८ -१) अनुसार सरकार गठनका लागि दाबी पेश गरेका थिए ।

तर साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजिन् । एमालेकै सांसद दृगनारायण पाण्डेले राजीनामा दिए भने सूर्य चुनाव चिन्ह लिएर जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहले पोखरेललाई साथ नदिने घोषणा गरे ।

लगतै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाका नेताहरुले प्रदेश प्रमुखलाई भेटेर एमालेको बहुमत नभएकाले पोखरललाई मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरे । तर बहुमत सदस्यको हस्ताक्षर पेश भएको भन्दै मुख्यमन्त्री धर्ननाथ यादवलाई पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे ।

लगतै ४२ सांसदले हस्ताक्षरसहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेश भयो । प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई संविाधन विपरित पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकाले सपथ रोक्न माग गर्दै विपक्षी सांसदहरुले धर्ना दिएका थिए ।

विपक्षी सांसदहरुको धर्नाका कारण आफू प्रदेश प्रमुखको कार्यालयमा जान समस्या भएपछि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई आफ्नो कार्यालयमा बोलाएर सपथ लिएका हुन् । प्रदेश प्रमुख आफ्नो कार्यालयबाट बाहिरिने क्रममा सुरक्षाकर्मीहरुले धर्नामा बसेका सांसदहमाथि बल प्रयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP