बिहिबार , असार १८, २०८३

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राम्रो काम गर्दा आफूहरु सकारात्मक ढंगले सघाउनका लागि तयार रहेको बताएका छन् । आज (शनिबार) पार्टी निकट महिला संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले राम्रो काममा सघाउन र संविधान, राष्ट्रियतामा आँच आउने र जनताले पाएको अधिकार कटौती हुने अवस्था आएको खण्डमा प्रतिवाद गर्न पनि आफूहरु तयार रहेको बताएका हुन् ।

‘अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ । राम्रो काम गर्दा हामी त्यसलाई सकारात्मक ढंगले हेर्छौं । तर, संविधानमाथि छेडखान हुन थाल्यो, राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो वा जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाल्यो भने हामी त्यसको प्रतिवाद गर्छौं’ प्रचण्डले भने ।

अहिले विद्यार्थीहरुको संगठन र कर्मचारीहरुको ट्रेड युनियन अधिकारमाथि सरकारले प्रश्न उठाउने काम गरिरहेको र आफूहरुले शर्तक हुनका लागि भनिराखेको पनि प्रचण्डले बताए । जनताले ठूलो त्याग र बलिदानीपछि प्राप्त गरेको जनवर्गको अधिकारमाथि कुनै किसिमको छेडखानी नगर्न उनले सरकारलाई आग्रह गरे ।

उनले अहिलेको सरकारले संविधान संशोधनको कुरा पनि चलाइरहेको उल्लेख गर्दै उनले आफूहरु संविधान संशोधनको विरोधी नरहेको बताए । संविधान संशोधन जनताले पाएको अधिकार थप्नका लागि हुनुपर्ने उनले बताए ।

‘संविधान संशोधन जनताले पाएको अधिकार थप्नका लागि हुनुपर्यो, खोस्नका लागि होइन । संघीयतालाई अझ बलियो बनाउनका लागि हुनुपर्यो, कमजोर बनाउनका लागि होइन । त्यो हुँदा हाम्रो सकारात्मक भूमिका र सहयोग नै हुन्छ,’ प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP