सोमबार , अषोज २६, २०८३

डार्विन — अष्ट्रेलियाको Darwin नेपाली समुदायका लागि यस वर्षको सबैभन्दा ठूलो र बहुप्रतिक्षित सांगीतिक कार्यक्रम “साउन्ड अफ नेपाल” भव्य रूपमा आयोजना हुने भएको छ। आगामी अप्रिल २४, २०२६ (शुक्रबार) हुने यस कार्यक्रमले नेपाली संगीत, संस्कृति र मनोरञ्जनलाई एकै ठाउँमा समेट्दै डार्विनलाई नै “Mini Nepal” बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा चर्चित गायक Sabin Rai & The Pharaoh ले आफ्नो ऊर्जा भरिएको लाइभ प्रस्तुति दिनेछन्, जसले दर्शकहरूलाई झुमाउने निश्चित छ।

Events Down Under को आयोजनामा हुन लागेको यो कार्यक्रम Mindil Beach Casino Resort मा सम्पन्न हुनेछ। कार्यक्रममा सहभागीहरूले उत्कृष्ट लाइभ म्युजिकसँगै नेपाली संस्कृति, परिकार र उत्सवको अनौठो अनुभव लिन पाउनेछन्।

यस ऐतिहासिक कार्यक्रमलाई Oasis Education ले मुख्य प्रायोजन गरेको छ भने NT मा रहेका नेपाली तथा विभिन्न व्यावसायिक संघ–संस्थाहरूले उल्लेखनीय साथ र सहयोग प्रदान गरेका छन्।

अहिलेसम्म अधिकांश कन्सर्टहरू १८ वर्षमाथिका दर्शकमा सीमित रहँदै आएको अवस्थामा, आयोजक Jay Bohara र Subash Nepal ले यो परम्परालाई तोड्दै सबै उमेर समूहलाई समेट्ने उद्देश्यसहित कार्यक्रम ल्याएका छन्।

“साउन्ड अफ नेपाल” केवल कन्सर्ट मात्र नभई एक पूर्ण मनोरञ्जन प्याकेज हुनेछ। कार्यक्रममा Kids Fashion Show, बालबालिकाहरूको सांगीतिक प्रस्तुति, स्थानीय कलाकारहरूको दमदार प्रस्तुति, साथै २ जना DJ हरूद्वारा लामो समयसम्म नृत्य र मनोरञ्जनको माहोल तयार गरिनेछ।

कार्यक्रमका लागि पहिलो चरणका टिकटहरू पूर्ण रूपमा बिक्री भइसकेका छन् भने बाँकी टिकटहरू सीमित मात्रामा मात्र उपलब्ध छन्। आयोजकले दर्शकहरूलाई समयमै टिकट सुरक्षित गर्न आग्रह गरेका छन्।

BOOK YOUR TICKETS

समग्रमा, “साउन्ड अफ नेपाल” लाई डार्विनमा आयोजना हुने नेपाली कार्यक्रमहरूमध्ये एक ऐतिहासिक र भव्य कार्यक्रमका रूपमा हेरिएको छ, जसले अष्ट्रेलियामा नेपाली समुदायको सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP