सोमबार , अषोज २६, २०८३

डार्विन, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ, नर्दर्न टेरिटोरी (NRNA NT) ले नेपाल फेस्टिभल डार्विन २०२६ को मुख्य आकर्षणको रूपमा दुई चर्चित नेपाली कलाकारहरूको लाइभ प्रस्तुति घोषणा गरेको छ।

आगामी शनिबार, १३ जुन २०२६ मा Darwin Waterfront मा दिउँसो २:०० बजे देखि राति १०:०० बजेसम्म आयोजना हुने यस फेस्टिभलमा चर्चित ब्यान्ड Karma Band र लोकप्रिय गायक Arjun Sapkota ले आफ्नो प्रस्तुति दिनेछन्।

नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएको Karma Band ले Hukka Mero, Kaha Hola Ghar Bara, Yani Maya, Ko Hau Timi र Chhaina Maile जस्ता चर्चित गीतहरू प्रस्तुत गर्नेछ। उनीहरूको प्रस्तुति पुराना र नयाँ पुस्ताका दर्शकहरूलाई एकसाथ जोड्ने अपेक्षा गरिएको छ।

त्यस्तै, गायक Arjun Sapkota ले Jhaliko, Baseu Alakkai, Banki Chari, Bammaijane, Mauri Rasai Ma, Dukhha Satamla र Pani Pareko जस्ता लोकप्रिय गीतहरूमार्फत दर्शकलाई नचाउने र मनोरञ्जन दिनेछन्।

यस अवसरमा NRNA NT का अध्यक्ष Trilochan Sapkota ले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सहयोग र समर्थन गर्न आग्रह गरेका छन्। उहाँले भन्नुभयो, “यो कार्यक्रम डार्विनमा आयोजना हुने एक आइकोनिक कार्यक्रम हो, जसले नेपाली संस्कृति, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्छ।”

“One Country, Many Stories” भन्ने मूल नारासहित आयोजना हुने यस फेस्टिभलले नेपाली कला, संस्कृति र समुदायलाई एकताबद्ध गर्दै विविधता र पहिचानलाई उजागर गर्ने लक्ष्य राखेको छ।

आयोजकले सबै समुदाय र मित्रहरूलाई उपस्थित भई यस विशेष कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP