डार्विन — NRNA NT Youth Forum द्वारा आयोजित 7-A-Side Multicultural Football Tournament 2026 सफलतापूर्वक सम्पन्न भएको छ। Malak Oval मा आयोजित उक्त प्रतियोगिता ऊर्जा, विविधता, खेलभावना र सामुदायिक एकताको उत्कृष्ट उदाहरण बनेको आयोजकले जनाएको छ।
प्रतियोगितामा Northern Nepalese FC च्याम्पियन बन्न सफल भयो भने Chilax FC उपविजेतामा सीमित रह्यो। प्रतियोगिताभर सहभागी टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाएका थिए।
कार्यक्रममा NRNA NT का अध्यक्ष त्रिलोचन सापकोटा ले स्वयंसेवक, खेलाडी तथा दर्शकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै प्रतियोगिताको सफलतामा सबैको महत्वपूर्ण भूमिका रहेको बताए। उनले विजेता तथा उपविजेता टोलीलाई बधाई समेत दिएका थिए।
त्यसैगरी, कार्यक्रम व्यवस्थापनमा प्रमुख भूमिका निर्वाह गरेको Darwin Hearts Football Club का अध्यक्ष फिरोज राना ले प्रतियोगितामा सहभागी सबै टोलीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने स्वयंसेवक, प्रायोजक तथा सहयोगी संस्थाहरू — Multicultural Council of the Northern Territory (MCNT), Darwin Hearts Football Club, Nepalese Association of Northern Territory (NANT) र Northern Territory Government (NTG) — लाई विशेष धन्यवाद व्यक्त गरिएको थियो।
यो प्रतियोगिता केवल फुटबल खेलमा सीमित नभई विभिन्न समुदायबीच मित्रता, सहकार्य र सांस्कृतिक एकता मजबुत बनाउने उद्देश्यका साथ आयोजना गरिएको आयोजकले जनाएको छ। आगामी वर्ष अझ भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने तयारी समेत गरिएको छ।







