बिहिबार , असार १८, २०८३

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा.आरजू राणालाई रेड नोटिस जारी गरेर पक्राउको तयारी भइरहेको छ । निर्वाचनको संघारमा सिंगापुर हुँदै हङकङ पुगेका देउवा दम्पत्तीको सम्पत्तिमाथि अनुसन्धान गर्न रेड नोटिस जारी गरेर पक्राउ गर्न तयारी अघि बढाएको छ ।

देउवा र उनका परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिबारे अनुसन्धान गर्न सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढाउन लागेको हो ।

सत्ताको आडमा अस्वभाविक र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । स्रोतका अनुसार, यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउन देउवा दम्पत्तीलाई इन्टरपोलमा रेड नोटिस जारी गरेर नेपाल झिकाउने काम अघि बढेको छ ।

स्रोतका अनुसार पछिल्लो एकरडेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरणहरू संकलन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP