शुक्रबार , मंग्सिर १२, २०८३

Darwin — अष्ट्रेलियाको डार्विनमा नेपाली संगीतप्रेमीहरूका लागि विशेष सांगीतिक कार्यक्रम “साउन्ड अफ नेपाल” आयोजना हुने भएको छ। आगामी अप्रिल २४, २०२६ शुक्रबार आयोजना हुने उक्त कार्यक्रममा चर्चित गायक Sabin Rai र उनको ब्यान्ड द फारोले प्रस्तुति दिनेछन्।

Oasis Education – Darwin को आयोजनामा हुन लागेको कार्यक्रम Mindil Beach Casino Resort मा सम्पन्न हुनेछ, जहाँ दर्शकहरूले उत्कृष्ट लाइभ म्युजिकसँगै नेपाली संस्कृति र खानाको पनि अनुभव गर्न पाउनेछन्।

कार्यक्रमका लागि पहिलो चरणका टिकटहरू सबै बिक्री भइसकेका छन् भने बाँकी टिकटहरू सीमित मात्रामा उपलब्ध रहेको आयोजकले जनाएको छ। त्यसैले समयमै टिकट सुरक्षित गर्न अनुरोध गरिएको छ।

सबै उमेर समूहका लागि खुला यस कार्यक्रमले डार्विनस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाली संगीत, संस्कृति र मनोरञ्जनको विशेष वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

“साउन्ड अफ नेपाल” डार्विनमा आयोजना हुने नेपाली सांगीतिक कार्यक्रममध्ये एक महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ, जसले अष्ट्रेलियामा नेपाली समुदायको सांस्कृतिक उपस्थितिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP