मंगलबार , अषोज २७, २०८३

बुटवल : लुम्बिनी प्रदेश सांसद बिमला खत्री माओवादीमा प्रवेश गरेकी छन् । खत्री माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत छिनभरमै गुमेको छ । दाङबाट प्रदेशसभा ३ (ख) बाट खत्रीले नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभा निर्वाचित भएकी थिइन् । एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको दावी गरेको थियो।

अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली का‍ंग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । यससँगै प्रदेशसभामा नेकपा एमालेकाे बहुमत नपुग्ने भएको छ ।

दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछि उनले माओवादी केन्द्र रोजेकी हुन् ।

वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको माओवादी केन्द्रका सांसद सुदर्शन बरालले बताए ।

वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन् ।

वलीले माओवादी रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । यससँगै एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का लागेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान राजीनामा दिएका थिए । एमालेले संविधानको धारा १६८(१) अनुसार एकल बहुमतको सरकार बनाउन दावी पेश गरेको छ ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय भएपनि ६ जना प्रदेशसभा सदस्य पदमुक्त भएकाले ४१ सांसद भएको आफ्नो दलको एकल बहुमत पुग्ने भएकाले सरकार बनाउनुपर्ने एमालेको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP