मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २३ गते आफूले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको र तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रतिवन्ध हटाएको बयान दिएका छन् ।

जाँचबुझ आयोगलाई दिएको बयानमा देउवाले यस्तो बताएका हुन् । उनले भनेका छन्,” २०८२ भाद्र २३ गतेको दिन म बूढानीलकण्ठ वडा नं २ बासुकी मार्गस्थित मेरो निजी निवासमा थिएँ र सो दिन बेलुका बालुवाटारमा पनि उपस्थित भई मैले सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनु भएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिइनँ।”

उनले भदौ २४ गते विहान जेनजी आन्दोलनकारीहरु विहान १० बजे नै निवासमा भेला भएको र नाराबाजी गरेको बयान दिएका छन् । उनले सोबारे भनेका छन्- “भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरो निजी निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दा रोक्दै हामीमाथि हातपात भयो र केही जियनजेडका युवाहरूले बचाए। हामी राति २२:०० बजेतिर सुरक्षित स्थान पुग्यौं।” देउवाले आफ्नो निवासमा भेटिएको रकम एआईबाट बनाईएको पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP