अस्ट्रेलियाको डार्विन शहरमा आयोजित पासपोर्ट नवीकरण घुम्ती शिविरबाट २९३ जनाले आफ्नो पासपोर्ट नवीकरण गरेका छन्। यो शिविर क्यानबेरास्थित नेपाली दुतावासको आयोजना तथा एनआरएनए नर्दन टेरिटरी (NRNA NT) को सहकार्यमा मार्च २० देखि २३ सम्म सञ्चालन भएको थियो।
NRNA NT का संयोजक त्रिलोचन सापकोटाका अनुसार, शिविर एकदमै सहयोगी र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। यसलाई सफल बनाउन NANT टोलीसँगै अन्य सबै स्वयंसेवकहरूलाई धेरै धन्यवाद दिइएको छ। उनले भने, “आउँदो दिनमा पनि समुदायको हितका लागि NRNA सधैं तयार रहनेछ।”








