शुक्रबार , भाद्र १२, २०८३

अमेरिकाले युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग गत हप्ता अमेरिकाको मायामीमा भएको भेटका क्रममा रुसी दूत किरिल दिमित्रिएभले त्यस्तो प्रस्ताव गरेका हुन्।

तर अमेरिकाले भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सो प्रस्ताव अस्वीकार गरेको भनेर सो विषयबारे जानकार दुई व्यक्तिहरूको हवाला दिंदै अमेरिकी अनलाइन पोलिटिकोले लेखेको छ।

अमेरिकाले सो प्रस्ताव अस्वीकार गरे पनि त्यसले युरोपेली देशहरूमा चिन्ता जगाएको छ।

पुटिनले अमेरिका र युरोपेली देशहरूबीच फाटो ल्याउन कोशिस गरिरहेको भनेर उनीहरू चिन्तित भएका छन्।

अमेरिका र इसराइलसँगको जारी युद्धमा रूसले सैन्य सहयोग प्रदान गरिरहेको इरानले पनि स्वीकार गरेको छ।

अमेरिकी मिडिया ‘एमएस नाउ’ (पहिले एमएसएनबीसी) सँगको अन्तर्वार्तामा इरानी विदेश मन्त्री अब्बास अरागचीले युद्धको समयमा रूस इरानका लागि रणनीतिक साझेदार भएको बताएका थिए।

जारी युद्धमा अमेरिकी सैन्य संरचना र पछिल्ला गतिविधिको सटिक सूचना पाएर इरानले हमला गरिरहेको जस्तो देखिएको समाचार आएका छन्। कतिले रूसले इरानलाई त्यस्तो खुफिया सूचना प्रदान गरिरहेको भनेर टिप्पणी गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि केही समयअघि सार्वजनिक रूपमा रूसले इरानलाई सहयोग गरिरहेको हुन सक्ने बताएका थिए। अमेरिकाले रूससँगको युद्धमा युक्रेनलाई सहयोग गरे जस्तै रूसी राष्ट्रपति पुटिनले पनि इरानलाई थोरै मद्दत गरिरहेको हुन सक्ने उनले अनुमान गरेका थिए।

युक्रेनलाई अमेरिकाले दिइरहेको खुफिया सूचना बन्द गरे आफुले पनि इरानलाई त्यस्तो सूचना नदिने पुटिनले प्रस्ताव गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP