मंगलबार , अषोज २७, २०८३

प्रतिनिधि सभामा १८२ सिट जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार नवनिर्वाचित सांसदको चैत १२ गते संसद् भवनमा शपथग्रण गर्ने र त्यसपछि संसदीय दलको हालको विधान परिमार्जनलाई अन्तिम रूप दिएर संसदीय दलको नेता चयन गर्ने तयारी रहेको छ ।

संसदीय दलको नेता चयन गरी प्रधानमन्त्रीको शपथग्रहण गर्नेबारे प्रक्रिया अघि बढाउने गरी सभापतिमा रवि लामिछाने, प्रधानमन्त्रीका उम्मेदवार एवं वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरु प्रधानमन्त्रीको शपथको लागि राष्ट्रपति कार्यालयमा प्रस्ताव पठाउने, शपथ समारोहमा विदेशी राष्ट्रलाई आमन्त्रण गर्ने लगायतबारे गृहकार्य भइरहेको जनाइएको छ ।

रास्वपाको विधान, २०७९ को धारा ६६ मा सङ्घीय संसद्मा निर्वाचित साधारण सदस्य रहने तथा धारा ६६ (८) मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । उक्त विधानमा पार्टीका तर्फबाट सङ्घीय निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारबाट प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

रास्वपा गठन भएसँगै पार्टीको विधान महाधिवेश भइनसकेको अवस्थामा उक्त विधान परिमार्जन गर्ने अधिकार केन्द्रीय समितिमा छ । सोही अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई विधान परिमार्जन गरी संसदीय दलनको नेता चयन गर्नेबारे र सोही अनुसार सरकार गठनका लागि रास्वपा नेताहरु आन्तरिक गृहकार्यमा जुटेका हुन् ।

सांसदको शपथको भोलिपल्ट चैत १३ गते प्रधानमन्त्रीको शपथ र मन्त्रीपरिष्द गठनको तयारीमा रहेको रास्वपाले १५ देखि १८ सदस्यीय मन्त्रीपरिषद् गठन गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP