मंगलबार , असार २३, २०८३

रास्वपाको हाई-कमाण्ड सरकार गठनको गृहकार्यमा जुटेको छ । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्धय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले सरकार गठनको गृहकार्यमा जुटेका छन् । हिजोमात्रै रास्वपाले नवनिर्वाचित सांसदहरुको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा बरिष्ठ नेता शाह भने अनुपस्थित् थिए । सभापति लामिछानेले भने समापन समारोहलाई सम्बोधन गरेका थिए । आज साँझ उनीहरु राजकाजको लागि छलफलमा जुटेका हुन् । उपसभापति वाग्लेपनि फेशबुकमार्फत राजकाजबारे छलफल भन्दै चार जना नेताहरुको तस्विर साझा गरेका छन् । अब बन्ने बालेन शाह नेतृत्वको शक्तिशाली सरकारमा वाग्लेलाई अर्थमन्त्रीको रुपमा हेरिएको छ ।

रास्वपाका नेताहरुको आजको छलफलमा यही चैत्र १३ गते वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुने र शपथ खाने तय भएको छ । रास्वपाले दुई तिहाईनजिकको बहुमत पाएकोले प्रधानमन्त्रीको रुपमा शाहले विश्वासको मत लिनुपर्ने छैन । ०७२ को संविधान जारी भएपछि पहिलोपटक संविधानको धारा ७६ को १ बमोजिम सरकार गठन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP