शुक्रबार , भाद्र १२, २०८३

प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । प्रधानमन्त्री कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गर्दै मन्दिरमा पूजा अर्चनाका साथै रुद्राभिषेक गरेकी छन्। देशमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपछि उनले आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप रुद्राभिषेक गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भन्ने कामनासहित मन्दिरमा पूजा अर्चना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भन्दै प्रधानमन्त्री विशेष रुद्राभिषेक गरेको समेत सचिवालयले जनाएको छ । उक्त अवसरमा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सरिक रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP