मंगलबार , बैसाख २९, २०८३

सर्वोच्च अदालतमा धनुषा क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको मुद्दामा आज सुनुवाइ हुने भएको छ। निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उल्लेख गर्दै यही फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वाेच्वमा परेको मुद्दामा शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइ हुने तय भएकामा न्यायाधीश शारङ्गा सुवेदीले साहको मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि सारिएको थियो ।

न्यायाधीश सुवेदीले बिहीबार मात्रै साहकै अर्को मुद्दामा आदेश गरेको हुनाले उनले हेर्न नमिल्ने भएको हो । अदालतले साहलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको थियो । यही मुद्दामा फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

निर्वाचन आयोगले भने यो क्षेत्रमा नेकपाका मात्रिका प्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरिसकेको छ । आज आउने फैसलाले मात्रिकाको सांसद पद रहने वा रास्वपाको एक सिट बढ्नेबारे निर्णय हुनेछ । आज किशोरीको पक्षमा फैसला भए मात्रिकाले घर लगेको निर्वाचित प्रमाणपत्र आयोगलाई फिर्ता गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP