मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलियाको Darwin शहरमा नेपाली युवाहरूले सहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्। मार्च १४, २०२६ शनिबार साँझ Jingili Water Gardens मा “Gen-Z सहिदहरूलाई भावपूर्ण श्रद्धाञ्जली तथा नव-निर्वाचित नेतृत्वलाई बधाई” कार्यक्रम सम्पन्न भएको हो।

“Youths of Darwin” को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा करिब २०–२५ जना नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुरेन्द्र गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित सहभागीहरूले दीप प्रज्वलन गर्दै नेपाली सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा Darwinमा बसोबास गर्दै आएका अग्रज शम्भु पुरी र जीवन खड्काले आफ्ना मन्तव्य राख्नुभएको थियो। शम्भु पुरी Rastriya Swatantra Party को प्रवास सम्पर्क विभागका केन्द्रीय कार्यसमिति सदस्य समेत हुनुहुन्छ। उहाँले विदेशमा बसेर पनि नेपालको लोकतन्त्र र सहिदहरूको योगदानलाई सम्झनु सबैको दायित्व भएको बताउनुभयो।


यसैगरी युवाहरूको तर्फबाट जय अर्याल र प्रतिभा देवकोटाले आफ्ना भनाइ राख्दै हालै निर्वाचित सबै सांसदहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उनीहरूले सहिदहरूको बलिदानबाट स्थापित भएको व्यवस्थालाई सुदृढ बनाउँदै सरकारले जनताको अपेक्षा अनुसार राम्रो काम गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा Purakhabar का सञ्चालक सविन बराल ले पनि आफ्नो मन्तव्य राख्दै विदेशमा रहेका नेपाली युवाहरूको सक्रियता र राष्ट्रिय सरोकारप्रतिको चासोलाई सकारात्मक कदम भएको उल्लेख गर्नुभयो।

कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट सुरेन्द्र गुप्ताले कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। श्रद्धा, सम्मान र एकताको भावनासहित सम्पन्न उक्त कार्यक्रमले Darwinमा रहेका नेपाली समुदायबीच आपसी सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP