शुक्रबार , भाद्र १२, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमो शक्तिशाली सरकार गठन हुँदैछ । रास्वपाले २१ फागुनको सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा अभूतपुर्व सफलता हात पारेको छ । रास्वपा दुई तिहाई बहुमतबाट जम्मा २ सिटमात्रै तल परेको छ । उसले प्रत्यक्षतर्फ १२५ सिटमा जित हात पार्दा समानुपातिकतर्फ ५७ सिट पाएको छ ।

संसद्मा रास्वपाको १८२ सिट पुगेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाई पुग्नको लागि १८४ सिट चाहिन्छ । जुन रास्वपासँग दुई जनामात्रै सांसदको कमी छ । नयाँ संसद्को आकार आईसकेकोले र रास्वपा एक्लैले अत्यधिक बहुमत हात पारेकोले अब केही साताभित्रै बालेन शाह मुलुकको प्रधानमन्त्री बन्दैछन् ।

नेपालको राजनीतिक इतिहासमा सबभन्दा कान्छो प्रधानमन्त्रीको रुपमा बालेनले देशको नेतृत्व सम्हाल्दैछन् । अहिले सरकार गठनअघि नै बालेनले आफ्नो क्याविनेटमा कस्तो टिम ल्याउँछन् भन्ने चासो बढेको छ । रास्वपामा बालेन प्रवेशअघि यसका नेताहरुले विज्ञहरुको टिमले सरकार चलाउने वकालत गर्दथे । अहिले रास्वपाका १८२ जना सांसदहरुमध्ये धेरै विधाका पोख्त व्यक्तिहरु छन् । त्यसैले रास्वपाले यसपटक सांसद नभएका व्यक्ति खोज्नुपर्ने कुनै बाध्यता छैन् ।

रास्वपाभित्रै सांसद जितेर आएकाहरु नै एकसेएक विज्ञ भएकोले बालेनलाई सांसद् नभएको व्यक्तिलाई मन्त्री बनाउनुपर्ने कुनै बाध्यता छैन् । बालेनले आफ्नो नेतृत्वमा बन्ने अबको सरकारको लागि कस्तो टिम बनाउने भन्ने विषयमा छलफलपनि प्रारम्भ गरेको बताईन्छ । उनले रास्वपाले सार्वजनिक गरेको वाचापत्रअनुसार १८ जनाभन्दा तलको संख्या रहनेगरि मन्त्रिपरिषद् बनाउने भएका छन् । रास्वपानिकट उच्चस्रोतका अनुसार बालेनले १५ जनाको सानो तथा स्मार्ट टिम बनाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP