मंगलबार , अषोज २७, २०८३

अर्थमन्त्री रामेश्वर खनाललाई यही भूमिकामा दोहोर्याउने तयारी भएको छ । संकटको बेलामा मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका खनालको भूमिकालाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले पनि प्रशंसा गरेकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमेत खनालको भूमिकालाई लिएर सकारात्मक छन् । रास्वपाले दुई तिहाईनजिकको बहुमत हासिल गरिसकेको अवस्था छ । अब बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्दैछ । यसपटक बालेन शाहले प्राविधिकहरुको सक्षम टिम लिएर आफ्नो नेतृत्वमा सरकार बनाउनेगरि तयारी थालिसकेका छन् ।

राष्ट्रियसभामा एक जना मनोनित गर्न पाउने भएकोले प्रधानमन्त्री कार्कीले खनाललाई उक्त पदमा नियुक्त गर्नको लागि सिफारिश गर्ने बुझिएको छ । बालेनले पनि अनुभवी खनाललाई अर्थ मन्त्रालयको नेतृत्वमा दोेहोर्याउने कुरामा सकारात्मक प्रतिक्रिया दिईएको बताईन्छ ।

रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्लेको नाम अर्थमन्त्रीको रुपमा चर्चा भईरहेको बेलामा बालुवाटारमा भने खनाललाई नै यही जिम्मेवारीमा दोहोर्याउनेगरि छलफल चलेको विश्वस्त स्रोतको दाबी छ । राष्ट्रियसभामा १८ जनाले हिजोमात्रै अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष पथ तथा गोपनियताको शपथ खाईसकेका छन् । अब एक जना राष्ट्रपतिले मनोनित गर्ने भएको हुँदा यही साताभित्रै प्रधानमन्त्रीले सिफारिश गर्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP