Expert Education and Visa Services (Sydney City) ले Darwin मा व्यावसायिक माइग्रेसन सूचना सेसन आयोजना गर्ने भएको छ। कार्यक्रममा अनुभवी Registered Migration Agents (RMA) हरूले अष्ट्रेलियाका विभिन्न भिसा मार्गहरूबारे जानकारी तथा परामर्श दिनेछन्। यो कार्यक्रम बिहीबार, मार्च १२, २०२६ मा बिहान ९:३० बजे देखि साँझ ४:०० बजेसम्म 66 Smith Street, Darwin मा आयोजना हुनेछ।
कार्यक्रममा वरिष्ठ माइग्रेसन एजेन्ट Jyangjee Kharel (Jay) (MARN: 2217903) र Anil Yogi (MARN: 2619223) सहभागी भई उपस्थित व्यक्तिहरूलाई अष्ट्रेलियाको माइग्रेसन प्रक्रियाबारे प्रत्यक्ष परामर्श दिनेछन्।
कार्यक्रममा समेटिने मुख्य विषयहरू General Skilled Migration – Subclass 189, 190 र 491 भिसाबारे विस्तृत जानकारी Graduate Pathway – अध्ययनपछि Permanent Residency (PR) तर्फ जाने उपायहरू Northern Territory केन्द्रित अवसरहरू – State nomination र regional migration अवसर Complex Cases – Section 48 bar, visa refusal तथा appeal सम्बन्धी परामर्श PR Strategy – PR का लागि points बढाउने र दीर्घकालीन बसोबासका विकल्पहरू यस सेसनले विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार तथा अष्ट्रेलियामा बसोबासको योजना बनाइरहेका व्यक्तिहरूलाई माइग्रेसन प्रणाली बुझ्न र आफ्नो लागि उपयुक्त भिसा मार्ग छनोट गर्न सहयोग गर्ने आयोजकले जनाएको छ।








