सोमबार , अषोज २६, २०८३

भारत सरकारले नेपालमा अब बन्ने नयाँ सरकारसँग काम गर्न तत्पर रहेको बताउको छ । नेपालमा आज सम्पन्न भएको निर्वाचनका सम्बन्धमा सञ्चार माध्यमका जिज्ञासाहरुमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

उनले उत्साहजनक सहभागितासति नेपालका नगारिकहरुद्धारा आज आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा स्वागत गरेका छन् । उनले गत वर्ष घटेका असाधारण परिस्थितिहरुका बाबजुद यो निर्वाचनलाई सफतालपूवर्क सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र नेपाली जनता साथै विभिन्न सरोकारवालाहरुलाई बधाई दिएको छ ।

स्तै भारतले नेपालमा शान्ति, प्रगति र स्थायित्वका लागि निरन्तर सहयोग गर्दै आएको पनि स्मरण गराएको छ । आफूहरुले सोही प्रतिबद्धतालाई कायम राख्ै नेपाल सरकारको अनुरोधमा यस चुनावका लागि पनि बन्दोबस्तीका सामाग्रीहरु उपलब्ध गराएको पनि प्रवक्ताले उल्लेख गरेका छन् । उनले भनेका छन्, हामी दुई देश र जनताबीचको मजबुत एवम् बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP