मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलियाको Northern Territory मा पेट्रोलको मूल्य अचानक बढेर डार्विनका केही पेट्रोल पम्पमा प्रतिलिटर करिब २ डलरसम्म पुगेको छ। यस विषयमा NT सरकार तथा सरोकारवालाहरूले “लोभी आपूर्तिकर्ता” विरुद्ध कडा कारबाहीको माग गरेका छन्।

Darwin को केन्द्र क्षेत्रमा केही दिनमै पेट्रोलको मूल्य १५ सेन्ट प्रतिलिटरभन्दा बढी बढेको देखिएको छ। अझ टाढाका क्षेत्रमा अवस्था झनै गम्भीर छ। Ramingining (डार्विनबाट करिब ५६० किमि पूर्व) मा डिजेलको मूल्य प्रतिलिटर $3.99 पुगेको रिपोर्ट आएको छ।

यसबीच, Jim Chalmers ले Australian Competition and Consumer Commission (ACCC) लाई इन्धन मूल्यमा भइरहेको सम्भावित ‘प्राइस गाउजिङ’ (अत्यधिक नाफाखोरी) अनुगमन गर्न आग्रह गरेका छन्।

मध्यपूर्वमा बढ्दो तनावका कारण विश्व तेल आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढेको छ। विश्वको करिब पाँचौं हिस्सा तेल Strait of Hormuz बाट ओसारपसार हुने गर्दछ, जुन हालैको द्वन्द्वका कारण प्रभावित भएको छ।

तर Automobile Association of the Northern Territory (AANT) ले भने NT मा मूल्य यति धेरै बढ्नुको “कुनै वैध कारण नदेखिएको” जनाएको छ। उनीहरूका अनुसार डार्विनको थोक ‘टर्मिनल गेट प्राइस’ फेब्रुअरी २६ मा 160 सेन्ट प्रतिलिटर थियो, जुन बुधबारसम्म केवल ४ सेन्टले बढेर 164 सेन्ट पुगेको थियो। यस्तो अवस्थामा उपभोक्ता मूल्य अत्यधिक बढ्नु शंकास्पद भएको AANT को भनाइ छ।

NT का लजिस्टिक्स मन्त्री Bill Yan ले आपूर्तिकर्ताहरूलाई “लाज मान्नुपर्ने” भन्दै दोषी भेटिए कानुनी कारबाही हुनुपर्ने बताएका छन्। बाढीको असर भोगिरहेका टेरिटोरियनहरूलाई यसरी पेट्रोल पम्पमै ठगिनु दुःखद भएको उनको टिप्पणी छ।

सरकारले सर्वसाधारणलाई अनावश्यक रूपमा इन्धन भण्डारण (panic buying) नगर्न आग्रह गर्दै, आवश्यक परे मात्र प्रयोग गर्न र सचेत रहन अनुरोध गरेको छ। अधिकांश इन्धन सिङ्गापुरबाट आउने र हालका लागि पर्याप्त भण्डारण रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP