मंगलबार , अषोज २७, २०८३

उच्च शिक्षा अध्ययनका लागि Australia आवेदन दिने नेपाली विद्यार्थीहरूको भिसा अस्वीकृत दर उल्लेखनीय रूपमा बढेको छ। पछिल्ला महिनाहरूमा अस्वीकृत हुने क्रम तीव्र बन्दै जाँदा अस्ट्रेलिया अध्ययन गर्ने नेपाली युवाको सपना झन् कठिन बन्दै गएको देखिन्छ।

Department of Home Affairs ले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ डिसेम्बरसम्म आइपुग्दा नेपालबाट दिइएका विद्यार्थी भिसा आवेदनमध्ये करिब ५० प्रतिशत अस्वीकृत भएका छन्। डिसेम्बर महिनामा मात्र सफल दर ५४.४ प्रतिशतमा सीमित रहेको छ, जुन अस्वभाविक रूपमा कम मानिएको छ।

यसअघि भने स्थिति तुलनात्मक रूपमा सकारात्मक थियो। जुलाईमा ९६ प्रतिशत, अगस्टमा ९७ प्रतिशत, सेप्टेम्बरमा ९१ प्रतिशत, अक्टोबरमा ८९ प्रतिशत र नोभेम्बरमा ६९ प्रतिशत आवेदन स्वीकृत भएका थिए। तर वर्षको अन्त्यतिर आएर स्वीकृत दरमा तीव्र गिरावट देखिएको छ।

नेपालका छिमेकी देशहरू India र Pakistan को भिसा सफल दर पनि कमजोर नै रहेको छ। तर Bangladesh, Bhutan र Sri Lanka जस्ता देशहरूको नतिजा अपेक्षाकृत सकारात्मक देखिएको छ।

विशेषज्ञहरूका अनुसार नीतिगत कडाइ, आर्थिक प्रमाणको कडाइका साथ मूल्यांकन, र ‘जेनुइन स्टुडेन्ट’ मापदण्डमा कडाइका कारण अस्वीकृत दर बढेको हुनसक्ने अनुमान गरिएको छ। यस अवस्थाले अस्ट्रेलिया अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई आवेदन प्रक्रिया अझै सचेत, व्यवस्थित र तयारीसहित अगाडि बढ्नुपर्ने सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP