मंगलबार , अषोज २७, २०८३

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले आसन्न फागुन २१ गतेको निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी गरेका छन् । मुस्ताङ जिल्लाको चुनावी अभियान एवं जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भएको खण्डमा नेकपा एक नम्बरको पार्टी बन्ने दाबी गरेका हुन् ।

‘नेपाली कम्युनिष्ट पार्टीको परिणाम राम्रो हुनेवाला छ । स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन हुँदा नेपाली कम्युनिष्ट पार्टी एक नम्बर पार्टी बन्ने सम्भावना छ । सोसल मिडियामा हाहा र हुहु गर्दैमा हुने होइन । जनताले बुझिसकेका छन्,’– संयोजक प्रचण्डले भने ।

संयोजक प्रचण्डले भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको पक्षमा सुशासन र आर्थिक विकासको पक्षमा अगाडि लान सक्ने, अनि भारत, चीनलगायत विश्वभरीका हाम्रा मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने पार्टी र नेता को हो भन्ने कुरा जनताले बुझिसकेको पनि बताए ।

साथै, उनले तोकिएको मितिमा चुनाव हुने कुरामा शंका नगर्न आग्रह गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फलक्षित गर्दै एकथरी मानिसहरु अझै पनि चुनाव हुन्छ कि हुँदैन भन्ने कन्फ्यूजनमा रहेको टिप्पणी गरे । ‘अहिले पनि एकथरी मान्छे चुनाव हुन्छ कि हुँदैन भन्ने कन्फ्यूजनमा छन् । म तपाईँहरुलाई भन्न चाहन्छु– चुनाव हुन्छ, चुनाव फागुन २१ मा नै हुन्छ,’– उनले भने ।

साथै, उनले चुनाव एकै चरणमा गर्न र निष्पक्ष हुने वातावरण निर्माण गर्न उनले सरकारसँग माग गरे । चुनाव सफलतापूर्वक सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायको जिम्मेवारी रहेको उनले बताए ।

राष्ट्रलाई एकतावद्ध गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र आर्थिक विकासलाई गति दिने लक्ष्यका साथ नेपाली कम्युनिष्ट पार्टी अगाडि बढेको उनले बताए । यसपटक मुस्ताङका जनताले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई विजयी गराउने पनि प्रचण्डले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP