मंगलबार , बैसाख २९, २०८३

अर्जुन काफ्ले/पुराखबर

प्रजातान्त्रिक मुलुकमा बसेर कुनै ब्यक्ति बिशेषको गुनगान भन्दा, बिधि प्रक्रिया र विचारको आधारमा चल्नुपर्छ भन्ने उदेश्यको साथ २०१६  मा अस्ट्रेलियाको नर्दन टेरोट्री अन्तर्गत डार्विनमा बसोबास गर्ने नेपाली काँग्रेसमा आस्थावान साथीहरुको भेला गरि जन सम्पर्क समिति गठन गरिएको थियो ।  सबिन बरालको अध्यक्षतामा गठन गरिएको उक्त समितिले देश – विदेशमा रहेका नेपालीलाइ आवश्यक सहयोग प्रदान गर्दै आइरहेको छ।  

पाच बर्षे यो यात्रामा धेरै सामाजिक कार्य गरेको यो सस्थाले, आज सम्म आउदा नेपालमा बाढी पिडितलाइ सहयोग, अशक्त र अपाङ्गलाइ ह्यिल चिएर वितरण, बिरामी भएकालाइ आर्थिक सहयोग, हरेक बर्ष प्रजातन्त्रमा आस्थावान अग्रज महानुभावलाइ सम्मान कार्यक्रम साथै नेपाली कांग्रस रत्ननगर, चितवनको सहकार्यमा लामो समय देखि ने. का. लाइ अगाडी बढाउन महत्वपूर्ण योगदान गरेका अग्रज पुस्ताको बिबरण सहितको दस्ताबेज (पुस्तक) प्रकाशन गरेको छ।

२०७५ सालमा नेपाली जन सम्पर्क समीति डार्विन अध्यक्ष सबिन बरालको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा १० जना भिन्न परिचय भएकालाई ब्हील चियर बितरण गरीएको थियो  । शुकराम दराई, डिल कुमारी श्रेष्ठ,सप्त बहादुर तामाड,रमादेबि अर्याल, बिष्णु चौधरी, आयिसा महत्तो,सोमनाथ गौतम, गोपाल सुबेदि,रामकृष्ण अधिकारी र नारायण बराललाई नेपाली काँग्रेसका नेता डा. शसांक कोइरालाले  ब्हील चियर बितरण गर्नुभएको थियो।

लोकतान्त्रिक विचारधारामा आस्थावान जो नेपाली कांग्रसमा आबद्ध सम्पूर्ण नेपाली सदस्यको आत्मसम्मानको उच्च मुल्यांकन गर्दै आवश्यक स्थानमा नेत्त्त्रिव बिकाशकोलागि परेको सहयोग र हौसला प्रदान गर्दै आइरहेको छ।

विदेशमा रहेर अप्ठ्यारो परेको हरेक नेपालीलाइ सहयोग गर्न सम्पूर्ण नेपाली बीच मध्यस्तकर्ताको भूमिका निर्वाह गरि उचित सहयोग, चाहे त्यो आर्थिक होस या सामाजिक हरेक तवरले अग्रता लिई काम गर्दै आइ रहेको जानकारी हामीलाई अध्यक्ष सबिन बरालले दिनु भयो।

जन सम्पर्क समितिले आयोजना गर्ने हरेक कार्येक्रममा उल्लेखनिय योगदान पुर्याउने ब्यक्तिको नाम हो सन्जिब गोर्खाली, हरेक कार्यक्रमलाइ सफल बनाउन वहाले खेलेको योगदानको कदर जति गरे पनि कम हुन्छ।  वहा हाल उक्त समितिको सचिब हुनुहुन्छ।  २०१६ मा बनेको कार्यसमितिको अध्यक्षमा सबिन बराल, उपाध्यक्ष मेघनाथ खनाल, सचिबमा संजिव गोर्खाली, सह- सचिब बाशु दुलाल, कोषाध्यक्षमा शुभाषचन्द्र अर्याल साथै सदस्यमा क्रमश, गगन थापा, केशब वाग्ले, सरोज पाण्डे र राजिब थापा हुनुहुन्छ।  लामो समय देखि यहि समितिले काम गर्दै आइरहेकोले अब छिटैनै नयाँ कार्यसमिति गठनमा पहल गर्ने जानकारी सचिब सन्जिब गोर्खालीले दिनु भयो। 

स्मरण रहोस जन सम्पर्क समिति अस्ट्रेलियाको ८ ओटै राज्यमा गठन भए संगै हरेक कार्येक्रममा सबै राज्यबाट साथ र सहकार्य  हुने गरेको जानकारी समेत अध्यक्ष सबिन बरालले पुराखबरलाइ दिनु भयो।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP