मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताएका छन् ।

आज (शनिबार) ओखलढुङ्गा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उच्च पहाडी र हिमाली भेगमा चुनाव हुन गाह्रो रहेको बताएका हुन् । उनले ती भेगहरुमा मान्छे नै नभएको र भोट हाल्नको लागि हिमाल चढ्नजस्तोगरी कोही पनि नजाने बताएका हुन् ।

‘हिमाली भेगमा मान्छे नै छैन। मान्छे नै नभएको ठाउँमा बाक्सा थापेर के हुन्छ ? ४ हजार मान्छे भएको ठाउँमा ४ जनाले भोट हालेर के हुन्छ ? चुनावमा नाटक मात्रै हुन्छ,’– उनले भने ।

साथै, अध्यक्ष अ‍ोलीले संसद् विघटनबारे सर्वोच्च अदालतले कानमा तेल हालेर बस्न नमिल्ने बताए । संसद् पुनर्स्थापनाको मुद्दामा सर्वोच्चले चाँडै फैसला दिनुपर्ने उनको भनाइ छ ।

‘हामीले पुनर्स्थापनाको माग गरिरहेका छौँ त्यो सुन्दै नसुन्ने, संविधान मिचिएको छ भनिरहेका छौँ हामी। अदालतले बोल्नुपर्‍यो, संविधान मिचिएको छैन भने पनि मिच्न पाइन्छ भने पनि अदालतले भनेपछि हामी मान्छौँ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP