शुक्रबार , भाद्र १२, २०८३

धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेस ध्वंस गर्ने वा उत्तेजना फैलाउने पार्टी नभई देशलाई सम्हाल्ने जिम्मेवार शक्ति भएको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अहिले देशलाई उचाल्ने वा उकास्ने होइन, सम्हाल्ने राजनीतिक शक्तिको आवश्यकता रहेको र त्यसको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको दाबी गरे। उनले जानकी माताको भूमिमा बसेर हरेक घरसम्म कांग्रेसको सन्देश पुर्‍याउन कार्यकर्तालाई आग्रह गरे।

“कांग्रेस भनेको सम्हाल्ने शक्ति हो। हामीलाई ध्वंस गर्ने शक्ति होइन, हामीलाई उत्तेजना फैलाउने शक्ति होइन, हामीलाई सम्हाल्ने शक्ति चाहिएको छ,” सभापति थापाले भने।

उनले पार्टीभित्र अब कुनै पनि गुट नरहेको स्पष्ट पार्दै कांग्रेस नयाँ सोच र नयाँ शैलीका साथ अघि बढिरहेको बताए। हिजोको कांग्रेसभन्दा आजको कांग्रेस फरक भएको उल्लेख गर्दै उनले पार्टीभित्र एकताबद्ध भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए।

सभापति थापाले मधेशले पूर्ण विश्वास गरेमा नेपाली कांग्रेसको एकल सरकार बन्न सक्ने दाबीसमेत गरे। उनले सबैलाई बिना कुनै आग्रह–आदेश काम गर्न आग्रह गर्दै कांग्रेस अब जिम्मेवारी र भरोसाको राजनीति गर्न तयार रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP