शुक्रबार , भाद्र १२, २०८३

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र नम्बर ५ र दाङ २ मा आफूहरु सुरक्षित रहेको बताएका छन् । उनले ती क्षेत्रहरुमा चुनाव जित्नका लागि आफूहरुलाई कुनै जोखिम नरहेको बताए ।

‘हामी झापा ५ मा पनि सुरक्षित अवस्थामा छौं । त्यहाँ कुनै प्रकारको जोखिमको अवूस्था छैन भन्ने पार्टीको विश्लेषण रहेको छ,’– उनले भने ।

झापा ५ मा एमाले अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार रहेका छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई एमालेको मुख्य प्रतिस्पर्धीको रुपमा लिइएको छ ।

महासचिव पोखरेलले दाङमा विगतमा आफूले हारेको कारण दाङले धेरै अवसरहरु गुमायो भन्ने कुरा त्यहाँका जनताले अनुभूति गरेको आफूले पाएको बताए । उनले दङ्गाली जनताहरु आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्नेगरी जिताउनुपर्छ भन्ने मनस्थितिमा रहेको पाएको पनि बताए ।

‘विगतमा शंकर पोखरेलले चुनाव हार्दाखेरी दाङ जिल्लाले धेरै अवसरहरु गुमायो भन्ने कुराको अनुुभूति अहिले चर्चाको विषय बनेको मैले महशुस गरेको छु । यसपटकको चुनावमा दङ्गाली जनताहरु राष्ट्रिय राजनीतिमा स्थापित गर्नेगरी शंकर पोखरेललाई जिताउनुपर्छ भन्ने निष्कर्षमा पुगेको मैले पाएको छु,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP