मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले चुनावी अभियानलाई तीब्र बनाएका छन् । उनी (बिहीबार) एकैदिन तीन वटा जिल्लाको चुनावी सभामा सहभागी भएका छन् ।

बालेन विहान इलाम सदरमुकाम चोकबजारमा आयोजित सभामा सहभागी भएका थिए । त्यहाँ उनले रास्वपा इलाम–२ का उम्मेदवार गोकुल राई र इलाम–१ का उम्मेदवार विमल गदालसँग भेटवार्ता गरेका थिए ।

इलामको कार्यक्रम सकेर बालेन पाँचथरको फिदिम बजारमा पुगेका थिए । त्यहाँ उनले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार महेन्द्र विक्रम थाम्सुहाङलाई भेटेका थिए । इलामबाट कार्यक्रम सकेर बालेन ताप्लेजुङ पुगेका छन् ।

ताप्लेजुङमा बालेनले रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार वीरेन्द्र श्रेष्ठ र समानुपातिक उम्मेदवार निर्मला खिम्दिङलगायतसँग भेट गरेका छन् । बालेनले भने झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएका छन् । बालेनका प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् । झापा ५ मा बालेन र ओलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP