शुक्रबार , भाद्र १२, २०८३

नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिले पाएको छ । थापा समूहले आधिकारिकता प्राप्त गरेपछि शेरबहादुर देउवा समूह निर्वाचनको मुखमा बिलखबन्धनमा परेको छ । थापाकै नेतृत्व स्विकारेर चुनावमा होमिने वा छुट्टै दल खोलेर अघि बढ्ने भन्ने द्धिविधामा यतिवेला देउवा समूह पुगेको छ ।

निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका प्रभावित हुनेगरि कुनै निर्णय नलिने भनिसकेको छ । अहिले समानूपातिकतर्फको मतपत्र छाप्न सुरु भइसकेको छ । पार्टीको आधिकारिकताको विवादको विषयमा देउवा समूह भोलि निर्वाचन आयोगको विरोधमा सम्भवतः अदालत जानेछ ।

आजको मितिसम्म दुवै समूहले अलग अलग केन्द्रीय कार्यसमितिको बैठक राखेका छन् । सभापति थापाले त आज र भोलिभित्रै पार्टी एक ढिक्का हुने दाबी गरेका छन् । तर, देउवाले हिजो साँझ र आज साँझसम्म लगातार आफ्नो टिमसँग छलफल गरेका छन्। उनी आवश्यक परे छुट्टै दलको रुपमा अघि बढ्ने मनशायमा पुगेको बताईन्छ ।

कतिपयले देउवा समूह थापा समूहमा समाहित नभए अब २१ फागुनको निर्वाचनको लागि माघ ६ गतेको लागि तोकिएको उम्मेदवारी दर्ताको लागि स्वतन्त्र उम्मेदवारी मात्रै विकल्प भनिएको छ । तर, देउवा भने धेरैखाले विकल्पमा छलफलमा छन् । उनले पहिले नै विभाजन गरेर खडा गरेको नेपाली कांग्रेस (प्रजातन्त्र) दलको नेताहरुसँग सम्वाद गरेको भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP