मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दलविहीन बनेका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएसँगै देउवा दलविहीन बनेका हुन् ।

गगन पक्षलाई दलको स्वामित्व दिएसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई एकपटक बोलाएर सोधखोज नगरी षड्यन्त्रपूर्ण निर्णय गरेको बताए ।

‘एक पक्षले दाबी गरेको बारेमा नेपाली कांग्रेस १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति अहिले पनि यथावत छ । निर्वाचन आयोगले एकपटक संस्थापनपक्ष सभापतिलाई एकपटक नबोलाइकन, निर्वाचन गर्ने प्रक्रियाको खिलाफमा निर्णय आएको छ । यो हामीलाई अमान्य छ,’– उनले भने ।

कांग्रेसको १३औं र १४औं महाधिवेशनबाट निर्वाचित भएका देउवालाई अन्नतः आफ्नै कार्यसमितिका तत्कालीन महामन्त्रीहरुले अपदस्थ गरिदिएका हुन् । योसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा विशेष महाधिवेशन पक्षधरले टिकट बाँढ्ने निश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP