मंगलबार , बैसाख २९, २०८३

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको छ । वैशाख १४ गते बसेको जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । कार्यकारिणी समितिको बैठकका लागि दुईवटा कार्यसूची तय गरेको थियो । पहिलो नम्बरमा अनुशासनसम्बन्धी कारवाही बारे र दोस्रो नम्बरमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीविरू अविश्वास प्रस्ताव सम्बन्धमा थियो ।

​बैठकमा सहभागी एक कार्यकारिणी समितिका सदस्यले भने, ‘दुईवटै कार्यसूचीमा छलफल भयो र निर्णय पनि भयो । एउटा निर्णय बाहिर आइसकेको छ र अर्को निर्णय पनि आवश्यक परे बाहिर आउँछ ।’ प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिगमनकारी काम गरेको हुनाले बहिर्गमन आवश्यक रहेको र पार्टीमा सर्वसम्मतिले निर्णय हुन नसके भने बहुमतको निर्णयबाट ओलीलाई हटाउने गरी तयारी रहेको उनकाे भनाइ छ ।

वैशाख १४ गते बसेको जसपा नेपालको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समिति बैठकको माग गरेका थिए । तर कोरोनाको कारण देखाउँदै अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक बसाउन मानेका थिएनन् । पदाधिकारी बैठकबाट महन्थ ठाकुर र राजेन्द्र महतो उठेर गइसकेपछि यादवले कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।

सो बैठकमा अधिकांश उनकै पक्षका नेताहरुको उपस्थिति थियो भने महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव र रमेश यादवको उपस्थिति थियो । ५१ कार्यकारिणी समिति सदस्यमध्ये २६ जनाको उपस्थितिमा ती दुईवटा निर्णयहरु भएको हो । एउटा निर्णय हिजै कार्यान्वयनमा आइसकेको छ भने अर्को निर्णय कार्यान्वयनको अवस्थामा रहेको एक कार्यकारिणी सदस्यले रातोपाटीलाई बताए ।

​जसपा नेपालको बहुमत सदस्यले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने भनि निर्णय गरेको जानकारी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि गराइसकेको छ । काँग्रेसले अविश्वासको प्रस्तावको प्रकृया अगाडि बढाए जसपा नेपालले पुनः कार्यकारिणी समितिको बैठक बोलाएर सर्वसम्मतिको लागि प्रयास गर्ने सर्वसम्मतिले नभए बहुमतबाट भएको निर्णयका आधारमा हस्ताक्षरको प्रकृया अगाडि बढाउने ती नेताले बताए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न जसपा नेपालका १८ जना सांसद तयार भएका छन् । उपेन्द्र यादव पक्षका एक नेताले भने, ‘ओलीको प्रतिगामी कदम विरुद्ध जसपा नेपालका बहुमत सांसद तयारी अवस्थामा छन्, पार्टीले निर्णय गर्ने वित्तिकै हस्ताक्षर गर्नेछन् ।’ जसपा नेपालमा पूर्वसमाजवादी पार्टीका १७ र पूर्व राजपाका १७ गरी ३४ सांसद छन् । त्यसमध्ये रेशम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा परेका छन् । बाँकी रहेको ३२ सांसदमा १८ जना उपेन्द्र यादवको पक्षमा रहेको ती नेताले दावी गरेको छ । स्रोतका अनुसार उपेन्द्र यादवले १८ जनासँग हस्ताक्षर गराएर पनि राखिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP