शुक्रबार , भाद्र १२, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवालाई पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत विशेष महाधिवेशनको निमन्त्रणा सन्देश पठाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले सभापति देउवालाई विशेष महाधिवेशनको निमन्त्रणा पठाएका हुन्। उनले विशेष महाधिवेशनको दिन पुस २७ गते कार्यक्रममा सहभागी हुन आग्रहसहित सन्देश सुनाइदिन कार्यबहाक सभापति खड्कालाई आग्रह गरेका छन्।

‘पुस २७ गते पार्टी सभापति सहभागी हुनुपर्छ। त्यसले उहाँकै मान बढाउँछ। अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा बढ्छ। कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्‍याइदिनु होला,’ उनले भनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP