मंगलबार , असार २३, २०८३

काठमाडौं । कथाकार दिलिप शाहको नयाँ कृति लघुकथा संग्रह ‘डाइपर भिसा’ पाठकमाझ आएको छ। ५४ वटा लघुकथाहरू समेटिएको यो संग्रहलाई साझा प्रकाशनले बजारमा ल्याएको हो।

बढ्दो विदेश मोहले नेपाली समाजमा निम्त्याएका विविध विकृति, विसङ्गति र पीडालाई यस संग्रहमा चोटिलो रूपमा प्रस्तुत गरिएको छ। नेतागिरीदेखि वर्तमान सामाजिक यथार्थसम्मका विषयहरूलाई सहज, सरल र प्रभावकारी भाषाशैलीमा चित्रण गर्नु ‘डाइपर भिसा’को प्रमुख विशेषता हो।

अभाव, पीडा, बेथिति, भ्रष्टाचारजस्ता संवेदनशील विषयलाई कथात्मक सौन्दर्यका साथ प्रस्तुत गर्दै लेखकले एक सम्मुन्नत राष्ट्र र समाजको कामना गरेका छन्। माया, प्रेम, गरिबी, विदेशमोह, सन्तानप्रेम तथा त्यसका सकारात्मक–नकारात्मक पक्षहरूलाई सन्तुलित रूपमा समेटिएको छ।

नराम्रा प्रवृत्तिहरूलाई उजागर गर्दै सकारात्मक परिवर्तनको आकांक्षा व्यक्त गर्नु र सभ्य तथा समुन्नत समाज निर्माणको सन्देश दिनु यस कृतिको मूल आशय रहेको छ।

विकृति र विसङ्गतिको चिरफार गर्दै आशाको स्वर प्रस्तुत गर्ने कथाकार शाहका यसअघि मौनधारण (कथासङ्ग्रह, २०६४), जालो (लघुकथासङ्ग्रह, २०६६), श्रद्धासुमन (कथासङ्ग्रह, २०६८), मुर्दार काठमान्डु (कथासङ्ग्रह, २०६९), बघिनी (कथासङ्ग्रह, २०७०) र चियर्स (कथासङ्ग्रह, २०७५) जस्ता कृतिहरू प्रकाशित भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP