🇳🇵 Nepalese Association of Northern Territory Inc (NANT) द्वारा डार्विनमा भव्य रूपमा टोपी दिवस तथा New Year 2026 कार्यक्रम सम्पन्न 🇳🇵
Darwin, Northern Territory | 1 January 2026
Nepalese Association of Northern Territory Inc (NANT) ले टोपी दिवस तथा New Year 2026 Meet and Greet Programme बिहीबार, 1 January 2026 का दिन Filipino Community Centre, Marrara मा भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा Northern Territory मा बसोबास गर्ने नेपाली समुदायका परिवार, युवा, ज्येष्ठ नागरिक तथा नयाँ आगन्तुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाली पहिचान, संस्कृति र राष्ट्रिय गौरवको प्रतीक नेपाली टोपीको सम्मान गर्दै मनाइने टोपी दिवस तथा New Year 2026 को स्वागत कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै President of NANT, Ms Prativa Devkota ले प्रवासमा नेपाली संस्कृति जोगाइराख्न यस्ता कार्यक्रमहरूको ठूलो महत्व रहेको बताइन्। उनले नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सद्भाव मजबुत बनाउन NANT सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै कार्यक्रममा सक्रिय सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गरिन्।
त्यसैगरी, President of Non-Resident Nepali Association of Northern Territory (NRNA NT), Mr Trilochan Sapkota ले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा NANT लाई बधाई दिँदै, यस्ता सांस्कृतिक कार्यक्रमहरूले नेपाली पहिचानलाई सुदृढ बनाउने र समुदायबीच सहकार्य बढाउने बताए।
NANT ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, स्वयंसेवक, आयोजक तथा कार्यसमितिप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, निम्न सहयोगी संस्थाहरूप्रति विशेष आभार प्रकट गरिएको छः
Non-Resident Nepali Association of Northern Territory (NRNA NT)
Darwin Hearts FC
Nepalese Cricket Association of Northern Territory
Magar Samaj Darwin
PuraKhabar
CDU Nepalese Student Association
कार्यक्रमको सञ्चालन NANT Secretary Ms Kalpana Pandey तथा Joint Secretary Ms Shanti Brama ले कुशलतापूर्वक गर्नुभएको थियो, जसले कार्यक्रमलाई थप व्यवस्थित र आकर्षक बनाएको थियो।
कार्यक्रमको अन्त्यमा NANT ले Northern Territory मा रहेका सम्पूर्ण नेपाली समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी Maghe Sankranti Programme 15 January 2026 मा आयोजना गरिने जानकारी गराएको छ।
टोपी दिवस तथा New Year 2026 Meet and Greet Programme ले Northern Territory को नेपाली समुदायबीच एकता, सांस्कृतिक गौरव र आपसी सम्बन्धलाई अझ मजबुत बनाएको आयोजकको भनाइ छ।








