शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) नेता गोकुल बाँस्कोटाले रवि लामिछाने र बालेन शाह मिलेपछि अब कुलमान घिसिङ र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मिल्न सक्ने अनुमान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत रवि–बालेनसँग नमिलेका कुलमान अब प्रचण्डसँग मिल्ने सक्ने जनाएका हुन्।

‘रवि –बालेन मिलेछन् । अब कुलमान–प्रचण्ड बाँकी रहेजस्तो देखियो । त्यो पनि होलाझैँ लाग्छ’, बाँस्कोटाले फेसबुकमा लेखेका छन्। कुनैबेला कुलमान प्रचण्ड निकट थिए। प्रचण्डकै पहलकदमीमा कुलमान नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए ।

प्रचण्डले कुलमानलाई कार्यकारी निर्देशक बनाए पनि एमाले सरकारले उनलाई हटाएको थियो। जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री रहेका घिसिङले मन्त्री पदमा रहँदै उज्यालो नेपाल पार्टीमार्फत् राजनीतिमा पाइला चालेका छन् । बालेन–रवि एकता गर्दा पनि अन्तिमसम्म कुलमानसँगै थिए। तर अस्तित्व संकट पर्ने भन्दै एकतामा गएनन्।

यसअघि नेपाली कम्युनिष्ट पार्टीले गत मंसिर २८ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले कुलमानले गुन बिर्सिएको टिप्पणी गरेका थिए । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP