शुक्रबार , जेठ २४, २०८२

अष्ट्रेलिया सरकारले सिटिजनशिप आवेदन भर्न अगाडी दिनु पर्ने टेस्टमा परिवर्तन गरेको छ। परिवर्तन सम्बन्धि घोषणा हालै आयोजित बहुसांस्कृतिक प्रेस सम्मेलनमा अध्यागमन तथा नागरिकता सम्बन्धि कार्यबाहक मन्त्रि एलान टजले गरेका हुन्। सरकारले करिब १० बर्ष अगाडी पहिलो पटक अष्ट्रेलियन सिटिजन लिनका लागि अनिवार्य टेष्टको नियम ल्याएको थियो। सिटिजनशिप टेस्ट सम्बन्धि नयाँ नियममा अष्ट्रेलियन मूल्य र मान्यता सम्बन्धि जानकारीलाई प्रमुख प्राथमिकता दिएको मन्त्रि टजले बताए। नयाँ नियम नोभेम्वर १५ देखि लागू हुनेछ।

टेष्टमा साविक जस्तै २० बैकल्पिक (मल्टिपल च्वाइस्) प्रश्नहरु हुने छन्। ति मध्ये ५ वटा प्रश्नहरु अष्ट्रेलियन मूल्य मान्यतासंग सम्बन्धित छन् जुन सफल बहुसांस्कृतिक समाजका मेरुदण्डहरु मानिएको छ। हाम्रो संसदीय प्रणाली, कानूनी राज्य, महिला तथा पुरुष बीचको समानता तथा वाक्-स्वतन्त्रता जस्ता मूल्य र मान्यताहरु सबै नागरिकहरुले बुझ्नु महत्वपूर्ण हुन्छ। सिटिजनशिप पुस्तिकामा अष्ट्रेलियन मूल्य मान्यता सम्बन्धि छुट्टै च्याप्टर राखिने र परिक्षामा ५ प्रश्नहरु तिनै च्याप्टरबाट सोधिनेछन् । टेष्टको पासमार्क साबिक जस्तै ७५ प्रतिशत भएपनि ति ५ प्रश्नहरु अनिवार्य रुपमा मिलाउनु पर्नेछ। कूल २० प्रश्नमा परीक्षार्थीले १५ प्रश्नको सहि उत्तर दिएमा पास हुनेछन् तर अष्ट्रेलियन मूल्य र मान्यता सम्बन्धि सोधिएको ५ प्रश्नहरु सबैको सहि उत्तर दिनु पर्नेछ।

अष्ट्रेलिया एउटा बहुसांस्कृतिक राष्ट्र हो। संसारका सबैठाँउका मानिसहरुलाई यहाँ स्वागत छ। तर त्यहाको जीवनशैली मूल्य र मान्यताका सम्बन्धमा उनीहरुको बुझाई फरक हुनसक्छ। हामीले हाल गरेको यो परिवर्तन मानिसहरुलाई बाधा अड्चनका लागि नभएर सिटिजनशिप लिनु अगाडी सबैले अष्ट्रेलियन मूल्य, मान्यता, जीवन शैली सम्बन्धि गहन अध्यन र जानकारी रहोस् भन्ने उद्देश्यले गरिएको हो, मन्त्रि टजले बताए। करिब ९० पेज रहेको नयाँ सिटिजनशिप सम्बन्धि पुस्तिका अनलाइनमा छिटै उपलब्ध हुनेछ । कोभिड-१९ का कारण केही राज्यहरुमा टेष्ट सेन्टर बन्द भएको र पास भएका आवेदकहरु पनि सेरेमोनिका लागि पर्खाइमा रहेको मन्त्रि टजले बताए। अहिलेसम्म पनि ठूलो संख्यामा पर्मानेन्ट रेसिडेन्ट रहेकोले इच्छुक सबैलाई अर्को बर्ष सिटिजनशिप लिनका लागि टेष्टको तयारी गर्न मन्त्रि टजले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP