शुक्रबार , भाद्र १२, २०८३

अष्ट्रेलिया सरकारले सिटिजनशिप आवेदन भर्न अगाडी दिनु पर्ने टेस्टमा परिवर्तन गरेको छ। परिवर्तन सम्बन्धि घोषणा हालै आयोजित बहुसांस्कृतिक प्रेस सम्मेलनमा अध्यागमन तथा नागरिकता सम्बन्धि कार्यबाहक मन्त्रि एलान टजले गरेका हुन्। सरकारले करिब १० बर्ष अगाडी पहिलो पटक अष्ट्रेलियन सिटिजन लिनका लागि अनिवार्य टेष्टको नियम ल्याएको थियो। सिटिजनशिप टेस्ट सम्बन्धि नयाँ नियममा अष्ट्रेलियन मूल्य र मान्यता सम्बन्धि जानकारीलाई प्रमुख प्राथमिकता दिएको मन्त्रि टजले बताए। नयाँ नियम नोभेम्वर १५ देखि लागू हुनेछ।

टेष्टमा साविक जस्तै २० बैकल्पिक (मल्टिपल च्वाइस्) प्रश्नहरु हुने छन्। ति मध्ये ५ वटा प्रश्नहरु अष्ट्रेलियन मूल्य मान्यतासंग सम्बन्धित छन् जुन सफल बहुसांस्कृतिक समाजका मेरुदण्डहरु मानिएको छ। हाम्रो संसदीय प्रणाली, कानूनी राज्य, महिला तथा पुरुष बीचको समानता तथा वाक्-स्वतन्त्रता जस्ता मूल्य र मान्यताहरु सबै नागरिकहरुले बुझ्नु महत्वपूर्ण हुन्छ। सिटिजनशिप पुस्तिकामा अष्ट्रेलियन मूल्य मान्यता सम्बन्धि छुट्टै च्याप्टर राखिने र परिक्षामा ५ प्रश्नहरु तिनै च्याप्टरबाट सोधिनेछन् । टेष्टको पासमार्क साबिक जस्तै ७५ प्रतिशत भएपनि ति ५ प्रश्नहरु अनिवार्य रुपमा मिलाउनु पर्नेछ। कूल २० प्रश्नमा परीक्षार्थीले १५ प्रश्नको सहि उत्तर दिएमा पास हुनेछन् तर अष्ट्रेलियन मूल्य र मान्यता सम्बन्धि सोधिएको ५ प्रश्नहरु सबैको सहि उत्तर दिनु पर्नेछ।

अष्ट्रेलिया एउटा बहुसांस्कृतिक राष्ट्र हो। संसारका सबैठाँउका मानिसहरुलाई यहाँ स्वागत छ। तर त्यहाको जीवनशैली मूल्य र मान्यताका सम्बन्धमा उनीहरुको बुझाई फरक हुनसक्छ। हामीले हाल गरेको यो परिवर्तन मानिसहरुलाई बाधा अड्चनका लागि नभएर सिटिजनशिप लिनु अगाडी सबैले अष्ट्रेलियन मूल्य, मान्यता, जीवन शैली सम्बन्धि गहन अध्यन र जानकारी रहोस् भन्ने उद्देश्यले गरिएको हो, मन्त्रि टजले बताए। करिब ९० पेज रहेको नयाँ सिटिजनशिप सम्बन्धि पुस्तिका अनलाइनमा छिटै उपलब्ध हुनेछ । कोभिड-१९ का कारण केही राज्यहरुमा टेष्ट सेन्टर बन्द भएको र पास भएका आवेदकहरु पनि सेरेमोनिका लागि पर्खाइमा रहेको मन्त्रि टजले बताए। अहिलेसम्म पनि ठूलो संख्यामा पर्मानेन्ट रेसिडेन्ट रहेकोले इच्छुक सबैलाई अर्को बर्ष सिटिजनशिप लिनका लागि टेष्टको तयारी गर्न मन्त्रि टजले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 126 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP