बुधबार , असार १७, २०८३

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अहिले वैचारिक इतिहास नभएकाहरु देशमा हाबी भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले स्टन्टबाजी गरेकै भरमा ती तत्वहरु देशमा हाबी भएको भन्दै सोसल मिडियामा स्टन्ट गरेकै भरमा समाजलाई भ्रमित पार्ने काम गरेको चिन्ता व्यक्त गरे ।

आज (शनिबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले आफूहरुले नेतृत्व गरेको नेकपा कुनै स्टन्टबाजमा आधारित नभएर विचारमा आधारित भएर अघि बढ्ने विश्वास दिलाए । उनले भदौ २४ गते भएको विध्वंशको अवस्थाले नेपाल केही समय राज्यविहीनताको अवस्थामा रहेको स्मरण गराए । देशको राष्ट्रिय स्वाधिनता, आत्मनिर्णयको अधिकार र नेपाली जनताको सार्वभौमसत्ता नै खतरामा परेको देखिएको पनि उनले स्मरण गराए । देश थप दुर्घटनातर्फ नजाओस र संविधान दुर्घटनामा नजाओस भनेर यो सरकार बनाउनको लागि सहजीकरण गरेको पनि दाहालले दाबी गरे ।

उनले राष्ट्रिय एकता आजको आवश्यकता भएको उल्लेख गरे । आफूहरु अब विगतको भन्दा फरक ढंगले अघि बढ्ने विश्वास दिलाए । उनले नेपालको इतिहासमा १६ घटकहरु एकताबद्ध गरेको उल्लेख गरे । २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचन नसार्न पनि प्रचण्डले चेतावनी दिए । संसद् पुनःस्थापना होला कि चुनाव होला ? भन्ने बहस भइरहेको भन्दै संविधानलाई योभन्दा बढि क्षति हुन नदिनको लागि निर्वाचन नै देशको लागि सहज बाटो भएको बताए । निर्वाचन बिथोल्ने र नेपाली जनताको निर्वाचनमा सहभागी हुने चाहनालाई कसैले पनि भ्रमित गर्ने काम कसैले पनि नगरोस भनेर चेतावनी दिए ।

संसद् पुनःस्थापना गरेर पूरानै सरकार बनाउन सकिन्छ भनेर कोही लागेको हो भने त्यसमा नलाग्न उनले सुझाव दिए । उनले निर्वाचन अबको सहज विकल्प भएको दाहालको भनाई छ । उनले नेपाली जनता निर्वाचनको लागि तयार भइरहेको बताए । उनले कांग्रेस र एमालेलाई डबल स्टाण्डर्डको कुरा नगर्न पनि सुझाव दिए । घोषित मितिमा निर्वाचन सफल पार्न योगदान गर्न पनि उनले आग्रह गरे । जेनजी आफूहरुको मात्रै पेवा हो भन्ने भ्रम कसैले पनि नपाल्न प्रचण्डले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP