मंगलबार , बैसाख २९, २०८३

सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ ।

अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरी बलले बुधबार दिउँसो २४ वर्षीय अकरमलाई ५९ वटा अपराधको आरोप लगाएको छ, जसमा १५ वटा हत्या र एक आतंककारी कार्य गरेको आरोप लगाइएको छ ।

अधिकारीहरूका अनुसार नाभिद र उनका बुबा साजिद अकरमले आइतबार सिड्नीको प्रसिद्ध बोन्डी समुन्द्र तटमा भएको यहुदी उत्सवमा गोली चलाउँदा १५ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।

मङ्गलबार कोमाबाट उठेपछि बुधबार अकरम प्रहरीको निगरनीमा अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।

दोस्रो कथित बन्दुकधारी, अकरमका ५० वर्षीय बुबा साजिदको रूपमा पहिचान गरिएको छ, जसको आक्रमण स्थलमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

हत्या र आतङ्कवाद अपराधका साथै, नावीद अकरमलाई गम्भीर शारीरिक क्षति पुगाउने उद्देश्यले बन्दुक चलाएको, सार्वजनिक रूपमा प्रतिबन्धित आतङ्कवादी प्रतीक प्रदर्शन गरेको र क्षति पुगाउने उद्देश्यले भवनमा विस्फोटक राखेको र हत्याको ४० वटा अभियोग लगाइएको थियो ।

अधिकारीहरूले आक्रमण इस्लामिक स्टेटको विचारधाराबाट प्रेरित भएको र नावीद अकरमको गाडीमा इस्लामिक स्टेटका दुईवटा झण्डा र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू फेला परेको पुष्टि गरे ।

आक्रमणपछि साजिद अकरमसहित १० देखि ८७ वर्ष उमेर समूहका १६ जनाको मृत्यु भएको पुष्टि भएको थियो । आक्रमण पछि चार बालकसहित ४१ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

बुधबार सम्म, २० जना घाइते व्यक्तिहरू सिड्नी अस्पतालमा उपचाररत रहेका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP