शुक्रबार , भाद्र १२, २०८३

Darwin / Sabin K Baral –
उत्तरी क्षेत्र (NT) की मुख्यमन्त्री Lia Finocchiaro ले यस हप्ता संसद भवनमा अञ्जन पौडेललाई स्वागत गर्दै उनलाई उत्तरी क्षेत्रका पहिलो नेपाली–अष्ट्रेलियन वकिल बनेको ऐतिहासिक उपलब्धिका लागि बधाई दिएकी छन्।

मुख्यमन्त्री फिनोचियारोले यो सफलता अञ्जन र उनको परिवारका लागि मात्र नभई, NT मा बढ्दै गएको नेपाली समुदायका लागि पनि ठूलो गर्वको विषय भएको बताइन्। काठमाडौंबाट सात घण्टाको दूरीमा जन्म–हुर्केका अञ्जनले कडा परिश्रम, दृढता र उत्तरी क्षेत्रले प्रदान गर्ने अवसरहरूका कारण कानुन व्यवसायमा औपचारिक रूपमा प्रवेश गर्न सफल भएको उल्लेख गरियो।

मुख्यमन्त्रीले अञ्जनको आगामी कानुनी यात्राका लागि शुभकामना व्यक्त गरेकी छन्।

Pic Source: Lia facebook wall

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP